News Category 2077/08/11
कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य परियोजनाको संयुक्त अनुगमन
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
कोरोना माहामारीको त्रासका बीच सप्तरी सामुदायिक विकास केन्द्र नेपाल सप्तरीले कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तरगत सप्तरी र सिरहाको विभिन्न पालिका तथा विद्यालयहरुमा खानेपानी तथा सरसफाईका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
परियोजना अन्तरगत संस्थाले दोश्रो चरणको कार्यक्रम अनुसार दुबै जिल्लाका आइसोलेशन कक्ष, क्वारेन्टाइन केन्द्र, स्वास्थ्य चौकी र पालिकाहरुमा खानेपानी तथा सरसफाई श्रोत निर्माण तथा मर्मत सम्भारका कार्यहरु सम्पन्न गरेको जनाएको छ ।
दोश्रो चरणको कार्यक्रम अन्तरगत सम्पन्न ती कार्यहरुको सरोकारवाला निकायहरुको सहभागितामा संयुक्त अनुगमन समेत गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित लु.ल.सु जनता मावि तरहौता, बोदेबरसाइन नगरपालिका वडा नं. ५ स्थित चन्द्रा नमूना मावि तथा सिरहाको धनगढीमाई नगरपालिका अन्तरगत रहेको महेन्द्र गेनाई आइसोलेशन अस्पताल, नरहा गाउँपालिकास्थित जनता बनवाली मावि र सिरहा कारागारमा सम्पन्न ती कार्यहरुको अनुगमन गरिएको हो ।
सो अनुगमनमा सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख एवं जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक प्रभाकर यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलगायत अन्य जिल्लाका सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यस्तै सिरहामा गरिएको अनुगमनका क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कडेल, समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुर, नरहा गाउँपालिकाका उपप्रमुख गुलाबदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
संयुक्त अनुगमनका क्रममा सिरहा र सप्तरी कारागारमा रहेका कैदीबन्दीहरुका लागि स्वच्छता सामाग्रि समेत बितरण गरिएकोमा दुबै जिल्लाका प्रजिअहरुले माहामारीको समयमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेकोप्रति प्रशंसा व्यक्त गर्दै धन्यवाद समेत दिए ।
“चर्पी हाम्रो प्राकृतिक आवश्यकता” भन्ने मूल नाराका साथ १८ औं विश्व चर्पी दिवस समेत अनुगमनकै क्रममा मनाइएको संस्थाका टिम लिडर देवविलास यादवले जानकारी दिए । यसअघि नेपाल खुल्ला दिसामुक्त घोषणा भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ