News Category 2077/08/11
सांसद चन्दा चौधरीले सप्तरीका सहिद र घाइते परिवारको अवस्था बुझे
चन्दनकुमार यादव
राजविराज, १० मंसिर ।
विभिन्न आन्दोलनमा सहिद तथा घाइते भएका परिवारजनको अवस्था तथा आवश्यकता बुभ्mनका लागि गठित समितीका प्रमुख प्रतिनिधिसभा सदस्य चन्दा चौधरी सप्तरीका सहिद तथा घाइते परिवारहरुसँग भेटघाट गरेकी छिन् ।
दुई दिनदेखी सप्तरीमा रहेका सहिद तथा बेपता परिवार घाईते एवं द्वन्द्व प्रभावित ब्यवस्थापन बिभाग प्रमुख प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले जिल्लाका १३ सहिद र एक घाइते परिवारसँग भेटघाट गरेकी हुन् ।
पहिलो चरणमा सिरहाका रमेश महतो, बेचन यादब, प्रमोद सदाय, बिजय सहनी, राजेश ठाकुर, मो. अनिष र माओवादी द्वन्द्वकालमा मारिएका शिबु यादब ७ जना परिवारसँग भेटघाट गरी अबस्था बारे जानकारी लिइएको छ ।
त्यस्तै सप्तरीका ईनर यादब, नागेश्वर यादब, खुशीलाल यादब, पिताम्वर मण्डल, सन्जन मेहता, बिरेन्द्र महतो, आनन्द साह, दिलिप साह, राजिव राउत, रामकृष्ण राउत, रघु साफी, बालकृष्ण राउत, बिरेन्द्र राम तथा घाईते श्रवण झाका परिवारसँग भेटघाट गरेकी छिन् ।
उनले पहिलो चरणमा सिरहा र सप्तरीका सहिद तथा घाइते परिवारसँग भेटघाट गरि उनीहरुको अवस्था बुझेको र दोश्रो चरणमा प्रदेश २ का बाँकी ६ जिल्लाका सहिद तथा घाइते परिवारजनसँग चाडै भेटघाट गर्ने कार्यक्रम रहेको बताइन् ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य डा. सुर्य नारायण यादव, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, जसपा नेता केदार यादब लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ