News Category 2077/08/12
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
दैनिक समाचारदाता
राजबिराज, १२ मंसिर ।
सप्तरीको रुपनी गाँउपालिका वडा नं. १ को वडा अध्यक्ष पिताम्बर यादवको पद शुक्रबार पुर्नवहाली भएको छ ।
सर्वोच्च अदालतले २०७७ मंसिर ७ गते वडा अध्यक्ष पिताम्बर यादवलाई सोही पदमा कामकाज गर्न आदेश जारि गरेपछि उनको पद पुर्नवहाली भएको हो । यसअघि बि.स. २०७५ मंसिर २१ गते उच्च अदालत राजविराज जनकपुर इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको थियो ।
रुपनी गाँउपालिका वडा नं. १ को कार्यालयामा शुक्रबार आयोजित एक कार्यक्रमका बिच गाँउपालिकाका अध्यक्ष हरेराम यादवले वडा अध्यक्ष पिताम्बर यादवलाई शुक्रबारैबाट कामकाज गर्ने गरी पुर्नबहाली भएको जानकारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिती सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा राजविराज नगरपालिकाका प्रमुख शम्भु कुमार यादव, जसपाका केन्द्रीय सदस्य दिनेश कुमार यादव, नेकपाका जिल्ला सदस्य दुर्गानन्द ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवलगायत दजनौं स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानिय तथा शुचचिन्तकहरुले वडा अध्यक्षलाई पद पुर्नवहाली भएको खुशीयालीमा माला, अबिर लगाएर सफल कार्यकालको शुभकामना तथा बधाई दिएका थिए ।
घटना विवरण अनुसार वडा अध्यक्षमा निर्वाचित हुनु अघि जिल्ला शिक्षा कार्यालय उदयपुरमा सवइन्जिनियर पदमा कार्यरत रहदा उनीमाथी भ्रष्टाचारको मुद्दा लागेको थियो र अहिले पनि सो मुद्दा अदालतमा सुरक्षित छ । मुद्दा लागेपछि आप्mनो १० वर्षे जागिर अवधिबाट राजिनामा दिदै उनले तत्कालीन राजपाबाट रुपनी गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा उम्मेदबारी दिए र निर्वाचित समेत भए ।
वडा अध्यक्षमा निर्वाचित भईसकेपछि सोही मुद्दालाई लिएर केही स्थानीयहरुले भ्रष्टाचारीको मुद्दा लागेको व्यक्तिलाई वडा अध्यक्ष पदमा बस्न नपाउने भन्दै उच्च अदालत राजविराज जनकपुर इजलासमा मुद्दा दर्ता गराएका थिए । सो मुद्दामा अदालतले उनलाई २०७५ मसिंर २१ गते वडा अध्यक्ष पदवाट निलम्बन गर्ने फैसला सुनाएको थियो ।
त्यस पश्चात् वडा अध्यक्ष यादवले मुद्दा दोह¥याई पाँउ सर्वोच्च अदालतमा गते निवेदन दिएका थिए । सो निवेदनमाथी सर्वोच्चले २०७७ मंसिर ७ गते दिएको आदेशमा भनेको छ “मुद्दा कारवाहीको क्रममा रहेको देखिँदा उक्त भ्रष्टाचारी मुद्दा समेतमा ठहरे बमोजिम हुने नै हुँदा हाल निवेदकलाई निवेदन माग बमोजिम रुपनी गाँउपालिकाको वडा नं. १ को वडा अध्यक्षको रुपमा कामकाज गर्न रोक नलगाउनु, रोक लगाउन नदिनुहोला भनी रुपनी गाउँपालिकाको नाउँमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरि दिएको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ