News Category 2077/08/12
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम

दैनिक समाचारदाता
राजबिराज, १२ मंसिर ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहदा सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ बभनगामा कट्टी बस्ने ४५ वर्षिया बुलबुलदेखी यादवलाई उनका देवर र भतिजाले कुटपिट गर्दै हात भाचिदिएका छन् भने विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुर बस्ने १५ वर्षिया कल्पना मुँखियालाई छिमेकीले कुटपिट गर्दा शरीरभरि निलडाम परेको छ । ती दुबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ । तिलाठी कोइलाडी ६ बभनगामाकी बुलबुलले देवर राधेश्याम र भतिजो धर्मेन्द्रले बाटोका लागी नम्बरी जग्गा नछाडिएको भन्दै बिहीबार राती बाँसको भाटा र फलामे रडले हिर्काएर घाइते बनाएका छन् । उनको दुबै हात भाचिएको छ भने टाउँकोमा ९ वटा टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।
मजदुरी गरि गुजारा चलाउँदै आएको र पति जगदिश घरमा नभएको बेलामा देवर र भतिजा मिलेर निर्घात कुटपिट गरेको बुलबुल देवीले बताईन् ।
यता बिहीबारै राती विष्णुपुर गाउँपालिका ६ रन्जितपुरकी १५ वर्षिया कल्पना मुखियालाई छिमेकी पुसो मुखिया र सुरज मुखियाले छानामा पराल राख्न नदिएको भन्दै निर्घात कुटेका छन् । आफ्नो घरको छानो कमजोर रहेको भन्दै कल्पनाले हटाउन खोज्दा सुरज र पुसोले बाँसको भाटाले निर्घात कुटपिट गरेको पीडित किशोरीका आफन्तले बताएका छन् । जिउभरी निलडाम रहेको र बेहोस अवस्थामा कल्पनालाई गाउँलेको मद्दतबाट अस्पताल भर्ना गरिएको छ ।
ती दुबै घटनाका आरोपित फरार रहेको र उनीहरुको ब्यापक खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ