News Category 2077/08/15
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण हुँदै
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. २ कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण कार्य भइरहेको छ ।
जमिनमा ढुंगा तथा सिमेन्टबाट घरको सतह उच्च बनाई बाढीको जोखिमबाट समेत सुरक्षा दिनेगरि निर्माण कार्य भइरहेको छ । दुई कोठे घरमा भान्सासहित तथा छुट्टै शौचालयको व्यवस्था पनि गर्न लागेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् ।
घरको चारैतिरको भित्तामा बाँसको भाटा कलात्मक ढंगबाट जडान गरि टिनको छाना भएको कोठाहरु निर्माणमा संस्थालाई मुख्य सहयोगि एवं साझेदारी संस्थाको रुपमा रहेको ह्याविटेट फर हयुमिनिटी तथा शम्भुनाथ नगरपालिकाले आर्थिक रुपमा सहयोग गरिरहेको उनले बताए ।
यता नगरपालिकासँगको समन्वयमा एलानी जग्गामा निर्माण गर्न लागिएको घरमा विद्युत, स्वच्छ खानेपानी सेवाका साथै जग्गा भोगाधिकार सम्बन्धी आवश्यक प्रक्रिया सुरु गर्नका लागि आइतबार केन्द्रले एक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरि सहयोगका लागि सबैपक्षसँग आग्रह गरेको संस्थाका उपाध्यक्ष आशाकुमारी चौधरीले जानकारी दिए ।
कार्यक्रमका मुख्य सहयोगि एवं साझेदार संस्था ह्याविटेट फर हयुमिनिटी नेपालका इन्जिनियर राजिव बर्माले प्रति घर झण्डै ३ लाख २५ हजार लागत पर्ने अनुमान गरिएको बताउँदै विपद्का बेला जोखिमबाट जोगिन अहिले बन्दै गरेको भवन सुरक्षित हुने उनको दाबी छ ।
मुख्य साझेदार संस्था ह्याविटेट फर हयुमिनिटि नेपालका प्रतिनिधि रामप्रसाद सिंह दनुवारले सुरक्षित आवासमा सबैको पहुँच पु¥याउने उद्देश्यले यस कार्यक्रमलाई भावी दिनमा सिरहा र धनुषातर्फ पनि बिस्तार गर्ने योजनाका साथ गृहकार्य भइरहेको जानकारी दिए ।
यसैबीच आफ्नै आगनमा बन्दै गरेको सुरक्षित भवन देखेर सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टीकी ५० वर्षिया लक्ष्मीदेवी सदाय भनिन्, “अब वर्षा, हावाहुरी तथा अन्य विपद्बाट जोगिन संस्थाले बनाइदिएको नयाँ घरबाट निकै खुशी र हर्षित छु ।”
यस्तै सोही बस्तिका धर्मदेव सदायले वर्षेणी बाढीका कारण घरबार छाडेर सुरक्षित स्थानमा भाग्नु पर्ने बाध्यता अब हट्ने सोचेर उनी पनि दंग छन् ।
विगत १२ वर्षदेखी आवास क्षेत्रमा काम गर्दै आएको केन्द्रले हालसम्म अतिविपन्न तथा दैवी प्रकोपमा परेका पीडित परिवारका लागि सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा गरि कुल ४ हजार ३ सय ३५ घर निर्माण गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ