News Category 2077/08/15
सक्षम परियोजनाको कार्ययोजना तथा रणनीति बारे समीक्षा गोष्ठी
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
बिपद उत्थानशिल समुदायका लागी स्थानिय शुसासन (सक्षम) परियोजनाको भावी कार्ययोजना तथा रणनीति बारे सोमबार समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।
कोशी पीडित समाजको आयोजना तथा एलडब्लुआरको सहकार्य र युएसआईडीको सहयोगमा र सक्षम परियोजनाको भावी योजना तथा रणनीति बारे सो गोष्ठीमा छलफल गरिएको हो ।
परियोजनाले बाढी प्रभाबित क्षेत्र हनुमाननगर कंकालनी नगरपालिकाको वडा १, ११, १४, तिलाठी कोईलाडी गाउपालिकाको १, २, ३, ४, र ५ कंचनरूप नगरपालिकाको १, ४, ५ तथा सप्तकोशी नगरपालिकाको १, २, ६, र ७ मा संचालन गरिने केभिएसका निर्देशक देव नारायण यादबले जानकारी दिएका छन् ।
सक्षम परियोजनाले सप्तरीका ४ पालिकामा २ करोड ४१ बरावरको सहयोगमा बाढी प्रभाबित क्षेत्रमा जोखिम ब्यबस्थापन नीति तथा अभ्यास, जिविकोपार्जन र खाध सम्प्रभुता र आर्थिक पुर्नलाभ र बजार ब्यबस्थापन बारेमा कार्यक्रम संचालन गरिने परियोजना संयोजक श्रवण कुमार चौधरीले जानकारी दिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बाढी प्रभाबित क्षेत्रका स्थानियहरूको जिविकोपार्जनमा बिबिधिकरण खोजने भएकोले सिलाई कटाई, बजारीकरण, कृषि, पशुको बिमा, कृषकहरूको आबश्यकता अनुसारको कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।
बाढी संकटको ब्यबस्थापनको लागि प्रत्येक पालिकामा समुदाय भवन, हेलीप्याडको ब्यबस्थापन, र स्थानिय बिपद सिकाई केन्द्रको स्थापना गर्न स्थानिय निकायका प्रमुखहरूलाई उनले आग्रह समेत गरे ।
सो अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादब, हनुमाननगर कंकालनी नगरपालिका उपप्रमुख सरिता यादब, तिलाठी कोईलाडी गाउपालिका उपाध्यक्ष सुचिता यादब, प्रमुख प्रशासकिय अधिकृत केशव झा, गैसस अध्यक्ष शम्भुनदन चौधरी, एलडब्लुआरका परियोजना ब्यबस्थापक राकेश कुमार साह, तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, वडा २ का अध्यक्ष खगेन्द्र मण्डल, हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १४ अध्यक्ष सत्य नारायण यादब, तिलाठी कोईलाडी गाउपालिका कृषि शाखा प्रमुख उदयकान्त झा, पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, केभिएसका सुकदेव चौधरी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ