News Category 2077/08/15
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको तीन वटा स्थानिय तहमा सोमबार १५ शैय्याको अस्पतालको शिलान्यास गरिएको छ ।
संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार सप्तरीमा सोमबार तीन पालिकामा १५ शैययाको अस्पतालको शिलान्यास गरिएको हो ।
जसअनुसार सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिकास्थित लोहजारा स्वास्थ्य केन्द्रलाई १५–१५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ ।
यसैबीच कंचनरुप नगरपालिका वडा नं. ८ मा निर्माण हुने गरि प्राथमिक अस्पतालको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले शिलान्यास गरेका छन् ।
बि.स. २०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तररोन्नती गरी प्राथमिक अस्पताल बन्न लागेको हो । संघीय सरकारले अस्पताल निर्माणका लागि चालु आ.व.मा ३ करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख निरु पोखरेल, निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
यस्तै जिल्लाको तिरहुत गाउँपालिका वडा नं. ५ लोहजरामा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष हेमन्त बहरखेरले १५ शैययाको अस्पतालको शिलान्यास गरेका छन् ।
देशभरका ३ सय ९६ वटा स्थानीय तहमा सुचीकृत भएको अस्पताल निर्माणका लागि सोमबार एकैसाथ शिलान्यास भएको छ । मन्त्रीस्तरीय निर्णयबाट ३ सय ९६ वटा स्थानीय तहमा रहेको स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी ५–१०–१५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ रोकथाम, नियन्यण तथा उपचारमा सहयोगी हुने भएकाले एकैसाथ शिलान्यान्स गर्ने व्यवस्था गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
- 2082/02/07 झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
- 2082/02/07 फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
- 2082/02/07 शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
- 2082/02/07 अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
- 2082/02/07 पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी आमसञ्चार प्राधिकरणद्वारा सुझाव संकलन
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ