News Category 2077/08/15
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको तीन वटा स्थानिय तहमा सोमबार १५ शैय्याको अस्पतालको शिलान्यास गरिएको छ ।
संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार सप्तरीमा सोमबार तीन पालिकामा १५ शैययाको अस्पतालको शिलान्यास गरिएको हो ।
जसअनुसार सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिकास्थित लोहजारा स्वास्थ्य केन्द्रलाई १५–१५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ ।
यसैबीच कंचनरुप नगरपालिका वडा नं. ८ मा निर्माण हुने गरि प्राथमिक अस्पतालको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले शिलान्यास गरेका छन् ।
बि.स. २०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तररोन्नती गरी प्राथमिक अस्पताल बन्न लागेको हो । संघीय सरकारले अस्पताल निर्माणका लागि चालु आ.व.मा ३ करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख निरु पोखरेल, निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
यस्तै जिल्लाको तिरहुत गाउँपालिका वडा नं. ५ लोहजरामा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष हेमन्त बहरखेरले १५ शैययाको अस्पतालको शिलान्यास गरेका छन् ।
देशभरका ३ सय ९६ वटा स्थानीय तहमा सुचीकृत भएको अस्पताल निर्माणका लागि सोमबार एकैसाथ शिलान्यास भएको छ । मन्त्रीस्तरीय निर्णयबाट ३ सय ९६ वटा स्थानीय तहमा रहेको स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी ५–१०–१५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ रोकथाम, नियन्यण तथा उपचारमा सहयोगी हुने भएकाले एकैसाथ शिलान्यान्स गर्ने व्यवस्था गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ