News Category 2077/08/15
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लामो समयदेखी बन्द रहेका सप्तरीका केही विद्यालय खुलेको भोली पल्टै बन्द भएका छन् ।
जिल्लाको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै हाल विद्यालय संचालनमा नल्याउने नगरपालिकाका पदाधिकारी तथा प्रधानाध्यापकको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
यता आइतबारबाट शम्भुनाथ नगरपालिका क्षेत्र भित्रका विद्यालय संचालनमा आएको एक दिन नबित्दै सोमबार सूचना टाँस गर्दै पुनः बन्द गरिएको छ ।
उक्त नगरपालिकाभित्र २४ सामुदायिक विद्यालय छन् । अधिकांश गत चैत ११ देखी नै बन्द छन् । कोरोनाको जोखिम कायमै रहेकाले विद्यालयहरु अर्को निर्णय नभएसम्मका लागि सोमबारदेखी पुनः बन्द गर्ने निर्णय भएको नगरप्रमुख योगेन्द्र प्रसाद चौधरीले बताए ।
उक्त नगरपालिका २ स्थित श्री आधारभुत विद्यालय कनकपटीका प्रधानाध्यापक असगर मो. मियाँले सरकारले तोकेको विद्यालय संचालन सम्बन्धी निर्देशिका अनुसार सुरक्षा सतर्कता मापदण्ड अपनाएर कक्षा संचालन गर्ने प्रयास गरिएपनि विद्यार्थीको अत्यन्त न्युन उपस्थितिका कारण सोमबारदेखी पुनः विद्यालय बन्द गर्ने निर्णय गरिएपछि सूचना टाँस गरिएको बताए । २ सय ७५ विद्यार्थी रहेको उक्त विद्यालयमा आइतबार १४ जना मात्र उपस्थित भएका थिए ।
१८ स्थानिय तह रहेको सप्तरी जिल्लामा ५ सय १३ सामुदायिक तथा १ सय ७७ निजि विद्यालय छन् । समुदायिकतर्फ १ लाख ७ सय ६ तथा निजि विद्यालयका ३४ हजार ६ सय २९ गरि कक्षा १ देखी १२ सम्म कुल १ लाख ३५ हजार ३ सय ३५ विद्यार्थी जिल्लामा अध्ययनरत छन् ।
यता जिल्ला शिक्षा तथा समन्वय इकाई सप्तरीका प्रमुख फनिन्द्र खत्रीका अनुसार कोरोनाको संक्रमण फैलिन थालेपछि चैत ११ देखी बन्द विद्यालयहरु सरकरले तोकेको विद्यालय संचालन सम्बन्धी निर्देशिकाको पालना गर्दै खोल्न स्थानिय तहलाई अनुमति प्रदान गरिएको छ ।
जसअनुसार जिल्लाका राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले सम्बन्धीत ठाउँका अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक राखी विद्यालय संचालनको निर्णय गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ