News Category 2077/08/17
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा समाचकेवा पर्वको अवसरमा पहिलो पटक जुरगुटी प्रतियोगिता आयोजना गरिएको छ ।
परालसहितको धानको बालाको बनाउने जुरगुटी तराई मधेसमा केही वर्ष पहिला लगभग सबैको घर अगाडी रहेपनि हाल लोप हुँदै गएको अवस्थामा त्यस्ता कला संस्कृतीलाई प्रतियोगिताको माध्यमबाट उत्थान तथा जगेर्नाको प्रयास गरिएको आयोजकले बताएका छन् ।
जुरगुटी पाहुनाहरूको स्वागत तथा सजावटको लागि झुन्ड्याउने चलन रहेकोमा हाल ती परम्पराहरू लोप हुँदै गएको छ ।
मौलिकताहरू हराउँदै गएपछि यस वर्ष पहिलो पटक थारु सांस्कृतिक संग्रहालय एवम् थारु समुदाय होमस्टे परिवारको आयोजन तथा कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सौजन्यमा यस्ता प्रतियोगिता भएको हो ।
सो नगरपालिका वडा नं. ६ स्थित थारु संग्रहालयको भवनमा आयोजित सो प्रतियोगितामा पानावती चौधरी प्रथम, रिता चौधरी द्वितीय र भुली देवीले तृतीय स्थान भएकी छिन् ।
विजयी प्रतियोगीहरूलाई पुरस्कार स्वरूप क्रमशः एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँ प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ