News Category 2077/08/17
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने खतरा ः अध्यक्ष साह
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ठुला दलहरुका कारण प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताएका छन् ।
नेपाली जनता दल सप्तरीद्वारा जिल्लाको खडक नगरपालिका ११ बनौलीमा आयोजित आमसभा, पार्टी प्रबेश कार्यक्रममा बोल्दै अध्यक्ष साहले राष्ट्रिय हित भन्दा आफ्नो सत्ता स्वार्थमा केन्द्रित हुदाँ जनतामा निराशा बढे्को बताए ।
ठुला दलहरुकै कारण मुलुकमा भ्रष्टाचार र अराजकता बढे्को आरोप लगाउदै उनले भ्रष्टाचार बिरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाएको जिकिर गरे । स्थानीय तहहरुमा आर्थिक अपारदर्शिता बढ्दै गएकाले त्यसका बिरूद्व भण्डाफोर अभियानमा जुट्न उनले आव्हान समेत गरे ।
सोही कार्यक्रममा नेपाली जनता दलका केन्द्रीय सदस्य श्रवण चौधरीले महिलामाथि भईरहेको हिंसा, बलात्कार लगायतको घटनाको बिरोध गर्न आग्रह गर्दै बलात्कारीलाई फाँसी दिनुपर्ने माग गरे ।
सो कार्यक्रममा पार्टीका महेन्द्र प्रसाद यादवले जनप्रतिनिधिहरु जनताबाट कर असुली गरी ब्यापक भ्रष्टाचार भईरहेको बताउदै कोरोनाको नाममा स्थानीय तहमा भईरहेको अनियमितताको भण्डाफोर गर्न सबैसँग आग्रह गरे ।
नेपाली जनता दलका जिल्ला अध्यक्ष बिजय चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता दलका केन्द्रीय सदस्यहरु रामबाबु रजक, रामबिलाश सदा, गंगा सदा लगायतले बोलेका थिए । कार्यक्रममा नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका पार्टी परित्याग गरेकाहरुलाई अध्यक्ष साहले फुलमाला लगाएर पार्टी प्रबेश गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ