News Category 2077/08/17
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
छापाखानाकर्मी स्व. रामअवतार यादवको स्मृतीमा बुधबार राजविराजमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ सप्तरीको आयोजनामा आयोजित श्रद्धाञ्जली सभामा वक्ताहरुले रामअवतारको असमायिक निधनले छापाखाना क्षेत्रमा अपूर्णिय क्षति भएको बताएका छन् ।
सभामा टे«ड युनियन काँग्रेसका नेता उमेश मिश्रले साना उमेरदेखी छापाखानासँग आवद्ध रहेका रामअवतार अत्यन्त मिलनसार स्वभावका रहेको तथा आफूले सानै उमेरदेखी उसको महिनेत र लगनशिलता देखेको बताए ।
संघका अध्यक्ष रामानन्द देवको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा नेपाल प्रेस युनियन सप्तरीका पूर्व अध्यक्ष ओमप्रकाश साह, संचारकर्मी धिरेन्द्र प्रसाद साह, गणेशलाल देव, माला कर्ण, नवीनकुमार गुप्ता लगायतले स्व. रामअवतारले छापाखानाप्रति देखाएको इमान्दारिता, लगनशिलता र महिनेत बारे चर्चा गरेका थिए । सो अवसरमा छापाखानासँग आवद्ध श्रमिक तथा शुभचिन्तकहरुको तर्फबाट संघका अध्यक्ष रामानन्द देवले स्व. रामअवतारका भाईलाई किरिया खर्च वापत आर्थिक सहयोग समेत प्रदान गरेका थिए ।
स्व. रामअवतार सानै उमेरमा छापाखानामा आवद्ध भई पहिला पत्रिका हकर, मेशिन हेल्परहुँदै मेशिन अपरेटरको रुपमा काम गर्दै आएका थिए । राजविराज वडा नं. १ डुमरी शिवथान निवासी ३० वर्षिय रामअवतारको २०७७ साल मंसिर ५ गते अल्पआयूमै असमायिक निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ