News Category 2077/08/19
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
विभिन्न क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई राजविराज जेसीजले बिहीबार सम्मान गर्दै जेसीज सप्ताह उद्घाटन गरेको छ ।
जेसीजले सामाजिक क्षेत्रमा योगदान पु¥याउने समाजसेवी हितनारायण लाल दास, एकल महिलाको अधिकारको क्षेत्रमा योगदान पु¥याउने अधिकारकर्मी अनिता देवकोटा, शैक्षिक क्षेत्रमा योगदान पु¥याउने सह प्राध्यापक शुशिलचन्द्र कर्ण, न्यायिक क्षेत्रमा योगदान पु¥याउने अधिवक्ता मीनाकुमारी देव र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने माला कर्णलाई सम्मान गरेको हो ।
राजविराज जेसीजका अध्यक्ष नानिमैया कटवाल र पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदाले उनीहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर र मायाको चिनोस्वरुप घडी प्रदान गरेका थिए ।
राजविराज जेसीजका अध्यक्ष कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीजको योगदानको चर्चा गर्दै नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, बरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई तथा सम्मानित पाँचै जनाले मन्तव्य व्यक्त गरे ।
राजविराज जेसीजका महासचिव एवम् साप्ताहिक कार्यक्रमका मूल संयोजक खेलानन्द दासले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक विप्लब आनन्दले साताव्यापी कार्यक्रमबारे जानकारी गराए ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष प्रतापसिंह तातेड, पूर्व उपाध्यक्ष एवम् सप्तरी उद्योग बाणिज्य संघका महासचिव अनन्त साह, इटहरी जेसीजका पूर्व अध्यक्ष मोहन प्याकुरेल, राजविराज जेसीजका पूर्व अध्यक्षहरु मनोहरकुमार पोखरेल, मिलन सिंह, सन्तोष सिन्हा, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर लगायत अधिवक्ताहरु, अधिकारकर्मीहरु, पत्रकारहरु, नागरिक समाज, बुद्धिजिवी, व्यापारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ