News Category 2077/08/19
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
२९ औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको अवसरमा बिहीबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले १६ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
आयोजित सम्मान कार्यक्रममा ८ वटै वडाका एक महिला तथा एक पुरुष गरी १६ जना अपाङ्गता भएका ब्यक्तिलाई कम्बल ओढाएर सम्मान गरिएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, वडा नं. ८ का अध्यक्ष लक्ष्मीप्रसाद मण्डल, वडा नं. ७ का अध्यक्ष गुलाबप्रसाद सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा, जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डल, शैलेन्द्र सिंहसहितकाले अपाङगता भएका ब्यक्तिलाई माया र सद्भाव राख्नु आवश्यक भएको बताए ।
यस्तै अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बिहीबारै जिल्लाको रुपनी गाउँपालिकामा अपाङता भएका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बेचनी कुमारी सरदार, प्रशासकीय अधिकृत रेणुका शाह, ६ वटै वडाका अध्यक्ष तथा कर्मचारीहरु समेतको उपस्थितिमा अपाङ्गता भएकाहरुलाई कमल ओढाएर सम्मान गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ