News Category 2077/08/20
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह

दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
प्रदेश २ का भूमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बैदेशिक रोजगारीलाई रोक्न सहकारी उत्तम विकल्प रहेको बताएका छ्न ।
जनज्योती कृषि सहकारी संस्था राजविराज ९ मलेठको ९ औ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् । यूवाहरुलाई रोजगारीका लागि बिदेश जानबाट रोक्न सहकारी संस्थाहरुले अहम भूमिका खेल्नु पर्ने बताउँदै मन्त्री साहले स्वदेशमै उनीहरुकालागि रोजगारीको अवसर सृजना गर्न सुझाव समेत दिए ।
उनले आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तनका लागि सहकारीले खेलेको भूमिका सहनिय रहेको भन्दै प्रदेश सरकारले समेत सहकारीलाई हरसम्भव मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो सभालाई सम्बोधन गर्दै मन्त्री साहले अब आउन लागेको प्रदेश सहकारी एनमा साना सहकारीहरुबीच एकता तथा सहकारीको उद्देश्य विपरीत कार्य गर्ने सहकारीहरुको खारेजी समेत गर्न सक्ने व्यवस्था रहेको जानकारी दिए ।
प्रदेश २ मा ७ हजार सहकारी संस्थाहरु रहेको स्मरण गराउँदै उनले सहकारीकै माध्यमबाट प्रदेशको उन्नती हुनेमा विश्वस्त रहेको जिकिर समेत गरे ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतमा आयोजित सभामा वडा अध्यक्ष शम्भुप्रसाद यादव, जसपाका जिल्ला अध्यक्ष केदार यादव, सचिव चितरन्जन यादव, सहकारी बैंक राजविराजका प्रमुख चन्द्रमणि भट्टराई, शेयर सदस्य, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
साधारण सभामा अध्यक्षीय प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष मण्डलले चालु आ.ब. २०७७÷७८ मा शेयर सदस्य पुरुषको संख्या १ हजार ७ सय तथा महिलाको संख्या ८ सय रहेकोमा जम्मा शेयर पुँजी २ करोड ३० लाख रहेको जानकारी दिएका छन् ।
त्यस्तै शेयर निक्षेप ८ करोड, कर्जा लगानी १ करोड ५० लाख, शेयर लगानी ८ करोड, सम्पत्ति सामान खरीद ५ लाख तथा नाफा ९५ लाख ७४ हजार ५ सय रहेको प्रतिवेदनमा उल्लेख छ ।
सोही प्रतिवेदनमा संस्थाले सरल शुलभ तरिकाबाट रसायनिक मल, बीउ बिजन बिक्रि गर्ने, कृषि उपज खरिद बिक्रि तथा धान प्रशोधन गरि चामल उत्पादन र बिक्रि गर्ने, गहुँ धानको मुल बीउ उपलब्ध गराई बीउ उत्पादन गर्ने, ब्यवसायीक खेती तथा पशुपालन तर्फ किसानलाई प्रोत्साहन गर्नुका साथै सल्लाह र बजार ब्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्ने कार्य गर्ने भावी कार्य योजना रहेको उल्लेख छ ।
त्यस्तै शिक्षा तालिम कार्यलाई अगाडी बढाउँदै सदस्यहरुलाई भ्रमण अवलोकन गराउने, विदेशिने यूवाहरुलाई रोक्न तथा बिदेशबाट फर्केका यूवाहरुलाई रोजगारीका अवसर सृजना गराउने कार्यमा सघाउने योजनाका साथ संस्था अघि बढेको अध्यक्ष मण्डलद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
सोही प्रतिवेदनमा शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन स्थानिय निकाय, प्रदेश, केन्द्र तथा लाइन एजेन्सीहरुसँग सहकार्य गर्ने र सामाजिक सेवातर्फ चल्दै आएको एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै विभिन्न स्वास्थ्य शिविरहरु संचालन तथा दैवी प्रकोपबाट बच्न जनचेतनामूलक कार्यक्तम संचालन गर्ने कार्यक्रमका साथ संस्था अघि बढेको उल्लेख छ ।
यसअघि संस्थाले मंसिर १५ गतेदेखी इकाई भेलाको प्रारम्भ गरेको थियो । सो भेलाको वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादवले उद्घाटन गरेका थिए । सोही भेलाको चौथो दिन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाधयक्ष तथा अन्तराष्ट्रिय सहकारी महासंघ ग्लोबलकी बोर्ड सदस्य ओमदेवी मललको समेत उपस्थिती समेत रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ