News Category 2077/08/21
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
राजबिराज नगरपालिका उपप्रमुख साधना झा बालबिवाहको न्युनिकरण गर्न समुदाय स्तरमै दवाव सृजना गर्नुपर्नेमा जोड दिएकी छिन् ।
लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत आइतबार राजबिराज ६ स्थित बहिरा स्कुलमा आयोजित बालविवाह सम्बन्धी अन्तर पुस्ता संवाद कार्यक्रममा बोल्दै उप्रमुख झाले समुदायमा अहिले पनि बालविवाह नरोकिएकोले सुमदाय स्तर दवाव बनाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिएकी छिन् ।
छोरीलाई छोरा सरह शिक्षा, आप्mनो खुट्टामा उभिन तथा शारिरिक रूपमा मजबुत नहुन्जेल विवाह नगर्न उनले आग्रह गरिन् । शिक्षित घरपरिवारका अभिभावकबाटै २० पूरा नहुदै युवतीहरुको विवाह गर्ने गरेको आरोप लगाउदै उनले वालविवाहलाई निरूसाहित गर्नुपर्ने बताईन ।
समग्र जनउत्थान केन्द्र राजबिराजको आयोजित कार्यक्रकमा जिल्ला प्रहरी कार्यालय सप्तरीका नायव उपरिक्षक भुवनेश्वर साहले बालविवाहका कारण महिलाहरूको अकाल मै मृत्यु हुने गरेको बताउँदै बालविवाहलाई निरूसाहित गर्नका लागि समुदायका जिम्मेवार ब्यक्तीहरूले समाजवाट बालविवाहको अन्त गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सहजिकरण गर्दै साहले कानुनको दायरामा बसेर २० बर्ष पूरा नहुन्जेल बिवाह गर्नु ठुलो अपराध भएकोले त्यस्ता गर्ने र गराउनेलाई कानुनी कारवाही हुने बताए । दहेज नदिई बेटीलाई शिक्षित बनाएमा आफै केटा पक्षले केटी खोज्दै आउने बताउदै उनले छोरा सरह छोरीलाई उच्च शिक्षा दिनु पर्नेमा सुझाव समेत दिए ।
सो अवसरमा १६ दिने अभियानका संयोजक मनोहर पोखरेल, अधिकारकर्मी सुनिता साह, पार्थो सरकार, सुष्मा दास, हितनारायण लाल दास लगायत स्थानिय महिला तथा किशोरीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ