News Category 2077/08/21
तीन बालिकालाई यौन दुरव्यहार गर्ने यूवकमाथी मुद्दा
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
तीन बालिकालाई यौन दुरव्यबहार गरेको आरोपमा पक्राउ परेका एक यूवकमाथी प्रहरीले बाल यौन दरुपयोग अन्तरगत कारवाही अघि बढाएको छ ।
बिहीबार कंचनरुप नगरपालिका १२ स्थित धारापानीमा पिकनिक मनाउन गएका बेला घाँस काट्दै गरेकी तीन बालिकालाई यौन दुरव्यवहार गरेको आरोपमा सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २४ वर्षिय दिपक गाइन पक्राउ परेका छन् ।
पक्राउ परेका गाइनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई बाल यौन दुरुपयोग शिर्षक अन्तरगत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
पीडित भनिएकी ६, ७ र ८ वर्षिया बालिकाको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण सकिएपछि अभिभावकको जिम्मा लगाइएको छ ।
पिकनिक मनाउने क्रममा धारापानी पुगेका गाइनले घाँस काट्दै गरेकी ती बालिकाहरुलाई ललाईफकाई शरीरका संवेदनशिल अंग छुनुका साथै जरबजस्ती गर्न खोजेको प्रहरीको भनाई छ ।
यौन दुरव्यवहार गर्न लाग्दा बालिकाहरु चिच्याएपछि दाउरा काट्न जंगल पुगेका केही स्थानियहरुले देखेर प्रहरीलाई खबर गरेका थिए । सो बारे जानकारी पाउना साथ पुगेको प्रहरी टोलीले गाइनलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ