News Category 2077/08/22
जेसीजद्वारा रक्तदान सम्पन्न

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
जेसीज सप्ताह अन्तर्गत सोमबार राजविराज जेसीजले राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, पूर्व अध्यक्ष मनोहर पोखरेल, कार्यक्रम संयोजक रबीकुमार राय, कानुनी सल्लाहकार राजेश मण्डल, शाखा सम्पादक, सुनितकुमार मुन्नालगायतले रक्तदान गरेका थिए ।
यसैगरी स्वयमसेवी रक्तदाता पंकजकुमार सरकार, पत्रकार पिन्टुकुमार यादव, गायत्री दाहाल, भोली मेहतर राउत, दयानन्द अमात्य, उपेन्द्रकुमार राय, पंकज अमात्य, टोपेन्द्रकुमार रायले रक्तदान गरेका थिए ।
कोभिड–१९ को महामारीका बेला रगतको अभाव भई विरामीहरुलाई समस्या भइरहेका बेला जेसीजले रक्तदान गरेर सही समयमा सही काम गरेको रक्तसञ्चार केन्द्रका इन्चार्ज नबिन झाले बताए ।
अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एवम् सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शंकर शारदा, पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा २०२० का राष्ट्रिय अध्यक्षका उम्मेदवार रबीन पोखरेल, नुवाकोट जेसीजका अध्यक्ष श्रीकृष्ण आचार्यलगायतले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा राजविराज जेसीजका अध्यक्ष कटवालले गम्छा लगाई दिएर पोखरेल र आचार्यलाई सम्मानका साथै एकआपसमा मायाको चिनो आदानप्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ