News Category 2077/08/22
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सोमबार बाल बजेट बिश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न भएको छ ।
गाउँपालिकास्थित पालिकाको सभा हलमा सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सो बैठक सम्पन्न भएको हो ।
बैठकमा तिलाठी कोईलाडी गाउँपालिकाले बालबालिका तथा किशोर कशोरीहरूका लागि पालिकाहरूले छुटयाएको बजेट सम्बन्धी विश्लेषण बारेमा छलफल गरिएको छ ।
तिलाठी कोईलाडी गाउपालिकाले गत बर्ष र चालु आर्थिक बर्षमा बालवालिकाहरूका लागी कुन कुन क्षेत्रमा कस्तो प्रकारको बजेट छुटयाईएको छ कि छैन, बजेटमा समानता रूपमा भएको छ कि छैन, लैंगिक मैत्री छ कि छैन, बारेमा छलफल गरिएको किशोर किशोरी कार्यक्रम संयोजक कान्ति खडकाले बताईन ।
उनले पालिकाहरूले आउने दिनमा बालवालिका तथा किशोरकिशोरीहरूमा लगानी बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्दै आएको बताईन ।
सोे विश्लेषण गोष्ठीमा तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले बालबालिका र किशोर किशोरीहरूको आवश्यकता र समानता मूलक बजेट छुटयाएर कार्यक्रम संचालन गर्दै आएको बताए ।
उनले बालबालिका र किशोर किशोरीको स्वास्थ, शिक्षा, समाजिक क्षेत्रमा बजेट छुटयाएर कार्यक्रम संचालन गर्दै आएको बताए ।
सो छलफलममा लेखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय सदस्यमा समाजिक बिकास शाखा, स्वास्थ, शिक्षा र सेभ द सप्तरीका प्रतिनिधि रहने गरी बजेट विश्लेषण समिति बनाएर एक हप्ता भित्र प्रतिवेदन तयार गर्ने उद्देश्य रहेको सेभ द सप्तरीका फिल्ड अफिसर ललिता मण्डलले बताईन ।
उक्त गोष्ठीमा तिलाठी कोईलाडी गाउँपालिका उपाध्यक्ष सुचिता यादब, प्रमुख प्रशासकिय अधिकृत केशव झा, स्वास्थ शाखा प्रमुख शैलेश झा, सह लेखापाल लिलाराज श्रेष्ठ, बिपत ब्यबस्थापन कार्यक्रम अधिकृत राजेश झा, नासु किशोर कुमार झा, पत्रकार चन्दनकुमार यादब, सेभ द सप्तरीका फिल्ड सुपरभाईजर राजिव चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ