News Category 2077/08/22
जग्गा विवादमा कुटाकुट हुँदा दुई महिला घाइते, एक अर्कामाथी बोक्सीको आरोप
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार जग्गा सम्बन्धी दुई पक्षबीच भएको विवादमा कुटाकुट हुँदा दुई महिला घाइते भएका छन् ।
उक्त नगरपालिका वडा नं. १ निवासी सुमिन्द्रादेवी राम र सम्तोलियादेवी साहबीच जग्गा सम्बन्धी विवाद हुँदा एक अर्काको कुटाईबाट ती दुबै महिला घाइते भएकी हुन् ।
घाइते रामको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा र साहको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुबै घाइते महिलाले एक अर्कामाथी बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको जनाइएको छ । तर, प्रहरीले बोक्सीको आरोपमा कुटपिट भएको दाबी र हल्ला दुबै निराधार रहेको स्पष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी भुवनेश्वर साहले दुबै महिलाको परिवारबीच लामो समयदेखी गाउँकै एक जग्गाको विषयलाई लिएर विवाद रहँदै आएको जानकारी दिएका छन् ।
सोही विषयमा पटक पटक दुबै पक्षबीच झै झगडा हुँदै आएकोमा निकासका लागि स्थानिय समाज र प्रहरी चौकीमा समेत पंचायति बसी निकासको प्रयास गरिएको उनले बताए । तर, विवादित जग्गा बारे दुबै पक्षको आ–आफ्नै अडानका कारण निकास निस्किन नसकेको उनको भनाई छ । यद्दपी पछिल्लो घटना बारे २स्प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ