News Category 2077/08/22
राविनपाका सवइन्जिनियरसहित ६ जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिका क्षेत्र भित्र वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना भएको भन्दै नगरपालिकाका सबइन्जिनियरसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृतसमेतको मिलेमतोमा हिनामिना भएको भन्ने उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । अख्तियारले तत्कालिन कार्यकारी अधिकृतको नाम उल्लेख नगरेपनि श्रोतका अनुसार सो समयमा राजविराज नगरपालिकाका अधिकृतको रुपमा विष्णु गुरुङ रहेका थिए ।
नगर भित्र सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम हिनामिना गरेको भन्दै नगरपालिकाका सवइन्जिनियर सत्यजीबकुमार सिंह, तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत शीतल रिमाल र सूचना तिमल्सिना, आरके इन्जिनियरिङ्ग कन्सल्टेन्टका प्रोप्राइटर टुनालाल कर्ण, सेभ द नेपाल राजविराजका अध्यक्ष घनश्याम झा र कोषाध्यक्ष ललितनारायण झाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
सवइन्जिनियर सिंहले वृक्षारोपण कार्यको अन्तिम मूल्याङ्कनमा निर्माणस्थलमा भएको भन्दा बढी परिमाणको कार्य उल्लेख गरी तथा प्रयोग भएको तारजालीको पनि निर्धारित गुणस्तरयुक्त तथा मापदण्ड बमोजिम नभएकोलाई भएको भनी भुक्तानीको लागि सिफारिस गरेकोले उनीविरुद्ध १७ लाख ७५ हजार बिगो मागदाबी गरि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
यस्तै मूल्याङ्कन अधिकृत रिमालविरुद्ध ७ लाख ८६ हजार, मूल्याङ्कन अधिकृत सूचना तिमल्सिना विरुद्ध ९ लाख ८९ हजार, प्रोपाइटर कर्णविरुद्ध ७ लाख ८६ हजार, सेभ द नेपाल, राजविराज र तारजालीसहित वृक्षारोपण कार्यक्रम उपभोक्ता समिति, राजविराजका अध्यक्ष झाविरुद्ध १७ लाख ७५ हजार र कोषाध्यक्ष झाविरुद्ध ७ लाख ८६ हजार विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ