News Category 2077/08/23
खुला रुपमा सेनेटेरी प्याड वितरण
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलबार खुला रुपमा सेनेटेरी प्याड वितरण गर्दै मर्यादित महिनावारी दिवस मनाइएको छ ।
मूल समारोह समितिको आयोजनामा राजविराजस्थित सहिद दशन चोकमा कोणसभा पश्चात सेनेटेरी प्याड वितरण गरिएको हो ।
कोणसभामा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले संस्कृतिको आडमा महिलामाथि हुने अमानवीय व्यवहार मानवअधिकार विरुद्ध रहेकाले महिनावारीका नाममा हुने शोषण र निषेधविरुद्ध लडन तथा विज्ञानसम्मत र विवेकसम्मत खण्डन गर्न सबैसँग आग्रह गरेका छन् ।
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी सहसचिव एवम् अधिवक्ता मनु खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवाल, मैथिली महिला परिषदकी प्रतिमा देव, समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ता, हुर्क नेपालकी रिया राय सञ्चेती, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरले मन्तव्य राखेका थिए ।
ग्रीन नेपालको संयोजनमा भएको कार्यक्रममा राजविराज जेसीज र मानवअधिकार निगरानी समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ