News Category 2077/08/24
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
राजबिराज नगरपालिका नगर उपप्रमुख साधना झाले महिलाको शिक्षामा पहुँच र सम्पत्ति माथिको स्वामित्व स्थापित गरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टो प्रथा, वालविवाह अन्त हुनुपर्नेमा जोड दिएकी छिन ।
मंगलवारदेखी राजबिराज नगरपालिकाको महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजना लैंगिक हिंसा सम्बन्धी तीन दिने सचेतनामुलक तालिममा सो कुरा बताईएकी हुन् ।
महिला हिंसाविरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडा कारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिने उनले बताईन ।
सो तालिमका प्रशिक्षक तथा प्रदेश २ सरकारका निशुल्क कानुनी परामर्श केन्द्र राजबिराजका प्रमुख किरण साहले समाजमा चेतनाको कमी, बालविवाह, अशिक्षा कारण समाजमा लैंगिक हिंसा बढदै गएको बताईन ।
सो तालिममा राजबिराज नगरपालिका समाजिक शाखा अधिकृत अनिता चौधरीले पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको र महिलाले दाईजो नल्याएका कारण यातना सहनु परेको बताईन ।
तालिममा राजबिराज नगरपालिकाका विभिन्न वडा वडा सदस्य तथा पीडित महिलाहरूको सहभागिता रहेको समाजिक शाखाका रंजिता कुमारी यादबले बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ