News Category 2077/08/24
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न कुरितीका अन्त्य हुने ः उपप्रमुख झा

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
राजबिराज नगरपालिका नगर उपप्रमुख साधना झाले महिलाको शिक्षामा पहुँच र सम्पत्ति माथिको स्वामित्व स्थापित गरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टो प्रथा, वालविवाह अन्त हुनुपर्नेमा जोड दिएकी छिन ।
मंगलवारदेखी राजबिराज नगरपालिकाको महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजना लैंगिक हिंसा सम्बन्धी तीन दिने सचेतनामुलक तालिममा सो कुरा बताईएकी हुन् ।
महिला हिंसाविरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडा कारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिने उनले बताईन ।
सो तालिमका प्रशिक्षक तथा प्रदेश २ सरकारका निशुल्क कानुनी परामर्श केन्द्र राजबिराजका प्रमुख किरण साहले समाजमा चेतनाको कमी, बालविवाह, अशिक्षा कारण समाजमा लैंगिक हिंसा बढदै गएको बताईन ।
सो तालिममा राजबिराज नगरपालिका समाजिक शाखा अधिकृत अनिता चौधरीले पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको र महिलाले दाईजो नल्याएका कारण यातना सहनु परेको बताईन ।
तालिममा राजबिराज नगरपालिकाका विभिन्न वडा वडा सदस्य तथा पीडित महिलाहरूको सहभागिता रहेको समाजिक शाखाका रंजिता कुमारी यादबले बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ