News Category 2077/08/28
संघीय सरकारद्वारा संघीयता समाप्त पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
राजविराज÷प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संघीय सरकारले जनताको संघर्षबाट प्राप्त संघीयता समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सप्तरी जिल्ला संसदीय क्षेत्र नम्वर २ का प्रदेश सभा सदस्य साहले राजविराजमा शुक्रवार सम्पर्क कार्यालय उद्घाटन गर्दै सो आरोप लगाएका हुन् ।
उनले संवैधानिक तथा कानूनी अड्चनका कारण प्रदेश सरकारले चाहेर पनि द्रूत गतिमा काम गर्न नसकिरहेको बताउँदै हरेक पाइलामा संघर्ष गरेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको जिकिर गरे ।
संवैधानिक तथा कानूनी अड्चनका कारण प्रदेश सरकार संघर्षका बीच अगाडि बढिरहेको बताउँदै मन्त्री साहले प्रदेश सरकारले संविधानलाई टेकेर समेत अगाडि बढ्दा संघले विभिन्न बहानामा अवरोध पुर्याउँदै आएको गुनासो गरे ।
प्रदेश सरकारलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि २३ वटा कानून निर्माण गरिसकेको जानकारी दिँदै मन्त्री साहले मधेशी जनताको चाहना अनरुप आफ्नो शासन आफ्नै प्रशासन भने चाहना अनरुप प्रदेश सरकारले ल्याएको प्रहरी ऐन ल्याएर प्रहरी भर्ना गर्न ओज्दा अवरोध पुर्याएपछि सर्वोच्चमा रिट दायर गरेर हामी अगाडि बढ्ने तयारीमा रहेको बताए ।
उनले लोकसेवा आयोगले कर्मचारी भर्ना रोकिदा अहिले प्रदेश लोकसेवाले विभिन्न पदमा कर्मचारी भर्नाकालागि दरखास्त आह्वान समेत गरिसकेको जानकारी दिए ।
संघीयतालाई मजबुत बनाउन जस्तोसुकै चुनौतिको सामना गर्दै प्रदेश सरकार अगाडी बढिरहेको भन्दै उनले आ–आफ्नो स्थानबाट सहयोगका लागि सबैसँग आग्रह पनि गरे ।
आफु प्रदेश सभा सदस्यमा जितेर गएपछि प्रदेश सरकारको मन्त्रीको जिम्मेवारीमा रहेको तथा पार्टीको जिम्मेवारी समेत काँधमा रहेको अवस्थामा जनतासँग समय दिन नसकिरहेकोले सबैको सहजताकालागि राजविराजमा सम्पर्क कार्यालय स्थापना गरेको उनको भनाई थियो ।
कार्यालयमा कर्मचारीलाई अत्याधुनिक सञ्चार सुविधा समेत उपलब्ध गराई जनताका गुनासालाई आफुले तुरुन्त थाहा पाउन तथा अन्य समस्या एवम् गुनासाहरुमाथि सुनुवाई गर्न सम्पर्क कार्यालयले प्रभावकारी भूमिका खेल्ने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, पार्टीका केन्द्रीय सदस्यहरु अशोक कुमार यादव, भीमराज यादव, सत्यनारायण यादव, भीम तामाङ्ग, अमृत साफी, पार्टीका प्रदेश २ का मुख्य सचिव शम्भु झा, प्रेस नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादव, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा कुमारी मण्डल, पार्टीका जिल्ला अध्यक्ष केदार यादव, यूवा नेता किशोर कुमार यादव केसी, महिला नेता मीरा यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ