News Category 2077/08/28
स्थानिय सरकार परियोजना व्यवस्थापन समितिको बैठक सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
सुरक्षित आप्रवासन परियोजना अन्तरगत स्थानिय सरकार परियोजना व्यवस्थापन समितिको बैठक आइतबार राजविराजमा सम्पन्न भएको छ ।
राजविराज नगरपालिकाको आयोजना तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहकार्यमा बैठक सम्पन्न भएको हो ।
बैदेशिक रोजगारलाई सुरक्षित एवं मर्यादित तथा उपलब्धीमूलक बनाउन स्थानिय सरकारको भूमिका बारे तथा चालु आ.ब.को पहिलो चौमासिक प्रगति प्रतिवेदन, समिक्षा तथा आगामी कार्ययोजना सम्बन्धी बैठकमा छलफल भएको संस्थाका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् ।
राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, कंचनरुप नगरपालिका प्रमुख बसन्त मिश्र, राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, शम्भुनाथ नगरपालिकाका उपप्रमुख कबिता कुमारी सरदार, राजविराज नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मदन थापा, कंचनरुप नगरपालिकाका अधिकृत नवराज खडका, चारै पालिकाका सामाजिक शाखा प्रमुख तथा रोजगार संयोजक, जिल्ला हेल्भेटास नेपाल (सामी) का प्रदेश संयोजक बिजय ठाकुर, कार्यक्रम अधिकृत रामप्रमेश मण्डल, संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीलगायतको सहभागिता रहेको थियो ।
सो बैठकमा संस्थाका कार्यक्रम संयोजक राजेन्द्र यादवले चौमासिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने हेल्भेटास नेपालका प्रदेश संयोजक बिजय ठाकुरले सामी परियोजना बारे बिस्तृत जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ