News Category 2077/08/28
स्थानिय सरकार परियोजना व्यवस्थापन समितिको बैठक सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
सुरक्षित आप्रवासन परियोजना अन्तरगत स्थानिय सरकार परियोजना व्यवस्थापन समितिको बैठक आइतबार राजविराजमा सम्पन्न भएको छ ।
राजविराज नगरपालिकाको आयोजना तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहकार्यमा बैठक सम्पन्न भएको हो ।
बैदेशिक रोजगारलाई सुरक्षित एवं मर्यादित तथा उपलब्धीमूलक बनाउन स्थानिय सरकारको भूमिका बारे तथा चालु आ.ब.को पहिलो चौमासिक प्रगति प्रतिवेदन, समिक्षा तथा आगामी कार्ययोजना सम्बन्धी बैठकमा छलफल भएको संस्थाका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् ।
राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, कंचनरुप नगरपालिका प्रमुख बसन्त मिश्र, राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, शम्भुनाथ नगरपालिकाका उपप्रमुख कबिता कुमारी सरदार, राजविराज नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मदन थापा, कंचनरुप नगरपालिकाका अधिकृत नवराज खडका, चारै पालिकाका सामाजिक शाखा प्रमुख तथा रोजगार संयोजक, जिल्ला हेल्भेटास नेपाल (सामी) का प्रदेश संयोजक बिजय ठाकुर, कार्यक्रम अधिकृत रामप्रमेश मण्डल, संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीलगायतको सहभागिता रहेको थियो ।
सो बैठकमा संस्थाका कार्यक्रम संयोजक राजेन्द्र यादवले चौमासिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने हेल्भेटास नेपालका प्रदेश संयोजक बिजय ठाकुरले सामी परियोजना बारे बिस्तृत जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ