News Category 2077/08/28
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
लुकिछिपी भारततर्फ डिजल निकासी गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको बिरोधमा आइतबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा प्रदर्शन भएको छ । पक्राउ परेकाहरुलाई रिहाईको माँग गर्दै स्थानियले सो प्रदर्शन गरेका हुन् ।
डिजल बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा आइतबारै बिहान प्रहरीले दशगज्जा क्षेत्रबाट सोही गाउँपालिका निवासी सुरेन्द्र यादव, अरबिन्द मण्डल र लालबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको थियो ।
दुई वटा मोटरसाइकल र एउटा साइकलमा लोड गरि २ सय ५० लिटर डिजल लिएर भारतर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
भारतीय बजारमा महँगोमा बिक्रि हुने भएकाले नेपालबाट खरिद गरि डिजल भारतीय बजारमा बिक्रि हुने गरेको प्रहरीको भनाई छ ।
यता प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय छिन्नमस्ता अगाडी करिब दुई घण्टा बिरोध प्रदर्शन गर्दै पक्राउ परेकाहरुलाई रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ