News Category 2077/08/30
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड राजविराज शाखाले सोमबार एक बिमित परिवारलाई मृत्यु दाबी रकम भुक्तानी वापतको चेक हस्तान्तरण गरेको छ ।
राजविराज ७ निवासी स्व. बसन्त जैनले इच्छाएको व्यक्ति उनकी श्रीमती ममता जैनलाई मृत्यु दाबी रकम भुक्तानी अन्तरगत ५ लाख २२ हजार ५ सय रकमको चेक हस्तान्तरण गरिएको हो । बसन्त जैनको गत असोज ५ गते ह्दयघातबाट मृत्यु भएको थियो ।
मृतक जैनले एक वर्षअघि १५ वर्षे जिवन बिमा अन्तरगत ५ लाख रकमको बीमा गराएका थिए । पहिलो किस्ता तिरेका जैनको मृत्यु भएपछि कम्पनीले सो रकम र लाभांस गरि उक्त रकम हस्तान्तरण गरेको शाखाकी प्रबन्धक जुही ठाकुरले जानकारी दिएकी छिन् । उनले यस शाखाबाट विमितको मृत्यु पश्चात् रकम हस्तान्तरण गरिएको यो पहिलो पटक भएको जानकारी दिइन् ।
कम्पनीको कार्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा बिमा गराउने अभिकर्ता अजय झासहित शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
- 2082/02/07 झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
- 2082/02/07 फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
- 2082/02/07 शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
- 2082/02/07 अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ