News Category 2077/08/30
माछा मार्ने क्रममा दुई पक्षबीचको झडपमा एक महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
सप्तरीको बोदेबरसाईन नगरपालिकामा आइतबार राती दुई पक्षबीच सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि भएको झडपमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका ३ की ४५ वर्षीया गंगियादेवी मण्डल रहको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई झडपका क्रममा टाउँकोमा गम्भिर चोट लागेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्ने विषयमा आइतबार राती १० बजेतिर दुई पक्षबीच भएको विवादका क्रममा एक अर्कामाथी बन्चरो, भाटा लगायतका घरेलु हतियारले प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएएसपी भुवनेश्वर साहले झडपमा सोही वडाका जयनारायण मण्डल, सोबिन्द्र मण्डल, धिरज मण्डल र जोगिन्द्र मण्डल घाइते भएको जनाएका छन् । उनीहरुको लहानस्थित कामना नरसिंह होममा उपचार भइरहेको छ ।
यता घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही वडाका शिवशरण मण्डल, बिजय मण्डल, सुरेन्द्र मण्डल र रबित मण्डललाई पक्राउ गरेको डिएसपी साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ