News Category 2077/08/30
माछा मार्ने क्रममा दुई पक्षबीचको झडपमा एक महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
सप्तरीको बोदेबरसाईन नगरपालिकामा आइतबार राती दुई पक्षबीच सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि भएको झडपमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका ३ की ४५ वर्षीया गंगियादेवी मण्डल रहको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई झडपका क्रममा टाउँकोमा गम्भिर चोट लागेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्ने विषयमा आइतबार राती १० बजेतिर दुई पक्षबीच भएको विवादका क्रममा एक अर्कामाथी बन्चरो, भाटा लगायतका घरेलु हतियारले प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएएसपी भुवनेश्वर साहले झडपमा सोही वडाका जयनारायण मण्डल, सोबिन्द्र मण्डल, धिरज मण्डल र जोगिन्द्र मण्डल घाइते भएको जनाएका छन् । उनीहरुको लहानस्थित कामना नरसिंह होममा उपचार भइरहेको छ ।
यता घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही वडाका शिवशरण मण्डल, बिजय मण्डल, सुरेन्द्र मण्डल र रबित मण्डललाई पक्राउ गरेको डिएसपी साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ