News Category 2077/08/30
दुई करोड ५३ लाखको लगानीमा स्वास्थ्य चौकी भवन निर्माण
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरमा सोमबार सुविधा सम्पन्न स्वास्थ्य चौकी संचालनमा आएको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उक्त स्वास्थ्य चौकी भवनको एक समारोहबीच उद्घाटन गरेका हुन् ।
स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री साहले प्रदेशका सबै स्थानिय तहमा आधारभुत स्वास्थ्य सेवा पु¥याउन आफू लागि परेको बताए । विगत ३० वर्षमा हुन नसकेको विकास कार्य दुई महिनामै प्रदेश २ सरकारले गरेर देखाइदिएको दाबी गर्दै उनले उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सोचका साथ आफूहरु अघि बढेको बताए ।
उनले यस स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र प्रसुती सेवासमेत संचालनको व्यवस्थाको साथै आवश्यक जनशक्ति, औषधी र उपकरण समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहले बिरामीले घरदैलोमै उपचार सेवा पाउनेगरि प्रदेश सरकार अघि बढेको र यसमा सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता औल्याए ।
उद्घाटनसँगै १३ कोठे दुई तल्ले स्वास्थ्य चौकी भवनबाट थप सेवासहितको उपचार सेवा समेत प्रारम्भ भएको छ । सहरी विकास मन्त्रालयको सहयोगमा मुल्य अभिबृद्धी कर बाहेक २ करोड ५३ लाखको लगानीमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनबाट बहिरङ्ग सेवाका साथै सुरक्षित मातृत्व, परिवार नियोजन, पोषण, क्षयरोग, औलो तथा कुष्ट रोग नियन्त्रण लगायत १६ वटा स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य चौकीका प्रमुख योगेन्द्र प्रसाद करोडिया यादवले जानकारी दिए ।
कार्यक्रममा जग्गादाता शैलेन्द्र चन्द्र झालाई प्रमुख अतिथि मन्त्री साहले दोसल्ला ओढाई सम्मान गरेका थिए । समाजसेवी एवं सप्तरीका चर्चित राजनीतिज्ञ स्व. कृष्णदेव झा र उनका धर्मपत्नि स्व. तारादेवी झाको स्मृती एवं सम्मानमा उनकै छोरा शैलेन्द्र चन्द्र झा र बुहारी संजुदेवीले स्वास्थ्य चौकी भवन निर्माणका लागि झण्डै डेढ करोड मुल्य पर्ने सात कठ जग्गादान गरेका थिए ।
नागेश्वर मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरितादेवी यादव, काँग्रेसका वरिष्ठ नेता नागेन्द्र झा, जसपा नेता जयप्रकाश ठाकुर लगायतले पनि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ