News Category 2077/09/03
ग्लोबल २१ औं वर्षमा प्रवेश

दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
ग्लोबल बहुमुखी सहकारी संस्था लि. राजविराजको शुक्रबार २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो अवसरमा अध्यक्ष सुखराम यादवले संस्थामा उत्कृष्ट काम गर्ने कर्मचारीदेखी स्वमसेवकसम्मलाई कदर पत्रबाट सम्मान गरेका छन् ।
साधारण सभामा अध्यक्ष यादवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार संस्थाले आ.ब. २०७६÷७७ मा २७ करोड ८६ लाख १२ हजार ९ सय रुँपैया निक्षेप संकलन तथा २६ करोड ५६ लाख ५३ हजार ३ सय ६४ रुँपैया निक्षेप फिर्ता गरि १५ करोड १७ लाख ८५ हजार ६ सय ५४ रुँपैया ऋण लगानी गरेको छ ।
यस अवधीमा संस्थाले ४३ करोड ७३ लाख ६६ हजार ५ सय १३ रुँपैयाको कारोबार गरि १ लाख ५३ हजार २ सय रुँपैया खुद मुनाफा गर्न सफल भएको छ । २०७५ साल पुस २ गतेदेखी गरिबी निवारण, महिला स्वरोजगार, अनुसन्धान र विकास, बचत तथा ऋण लगायतका विभिन्न कार्यक्रम लिएर संचालनमा आएको सो संस्थाले हाल जिल्लाको सबै १८ वटै स्थानिय तहमा सेवा बिस्तार गरिसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक राजविराजका संचालक विश्वनाथ मण्डलले लामो समयदेखी शिक्षा, स्वास्थ्य, स्वरोजगार, गरिबी निवारण र आय आर्जनका क्षेत्रमा काम गर्दै आएका संस्थाले भावी दिनमा पनि अझ प्रभावकारी ढंगले आफ्ना कार्यक्रमहरु अघि बढाउन सकोस् भन्ने कामनासहित शुभकामना दिएका थिए ।
कार्यक्रममा लेखा संयोजक उमेश प्रसाद यादवले लेखा प्रतिवेदन तथा लघु बित्त प्रमुख पंकज पोखरेलले भावी नीति तथा कार्यक्रम बारे जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ