News Category 2077/09/03
वेपत्ता बालक आँप बगौचामा मृत भेटिए
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट बिहीबार वेपत्ता भएका एक बालकको शव शुक्रबार फेला परेको छ ।
सो गाउँपालिका ३ सकरपुरा निवासी रोहित मुखियाका ५ वर्षिय छोरा आनन्दको मृत शरीर शुक्रबार दिउँसो घरबाट पाँच सय मिटर टाढा रहेको आँपको बगौचामा पराल र आँपको हांगाले छापेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बालक आनन्द बिहीबार दिउँसोदेखी वेपत्ता थिए । उनी घरबाट ५ सय मिटर टाढा रहेको आँप बगैचामा साथीभाईसँग खेल्न गएका बेला वेपत्ता भएका थिए । उनको ढाड र टाउँकोमा गहिरो चोट देखिएको छ ।
अबेर साँझसम्म छोरा घर नफर्किएपछि चिन्तित बनेका बुबा रोहितले राती १० बजेतिर प्रहरीलाई खबर गरे लगत्तै खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले बताए ।
उनका अनुसार बालकलाई स.१त. ७७५२ नम्बरको गाउँकै ट्याकटरले ठक्कर दिएर मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । गाउँमै माटो ओसारपोसार गर्ने काममा लागेका सो ट्याक्टर घटनाका दिन सोही क्षेत्रमा ओहोरदोहोर गरेको सूचनाको आधारमा गहिरो अनुसन्धान थाल्दा सत्यतथ्य खुलेको प्रहरीको भनाई छ ।
ट्याक्टरलाई नियन्त्रणमा लिइसकिएको छ भने पहचिान भइसकेका चालक हाल फरार रहेको उनले जानकारी दिएका छन् । बालकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ