News Category 2077/09/08
कोरोना कहरबीच शितलहरले अतिविपन्न परिवार थप जोखिममा

दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
विगत एक सातादेखी सुरु भएको अत्याधिक चिसोका कारण सप्तरीका अतिविपन्न परिवार कोरोना कहरकाबीच सितलहरका कारण पनि थप जोखिममा परेका छन् । यता जिल्लाको सहरी तथा ग्रामिण क्षेत्रका बासिन्दाको जनजिवन कष्टकर बनन्दै गएको छ ।
अतिविपन्न परिवार अत्याधिक चिसो र सितलहरबाट जोगिन न्यानो कपडा र कम्बलको अभावमा कष्टकर जिवन बिताउनु परेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटी दलित बस्तीकी समतोलिया देवी रामले अत्याधिक चिसोका कारण न्यानो लुगा र कम्बलको अभाव भएको बताउछिन् ।
बिहानैदेखी चल्ने सितलहर र हुस्सुका कारण घरबाट कमै मानिस बाहिर निस्कने गरेका छन् । चिसोले बालबालिका र बृद्धबृद्धा बढी प्रभावित देखिएका छन् । चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्ड डायरिया, दम, रुघाखोकी लगायतका बिरामीहरुको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चिसोका कारण हुने रोगका बिरामीहरु दैनिक १० देखी १५ जनासम्म उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
यता अत्याधिक चिसोका कारण कार्यालयहरुमा सेवाग्राही तथा लामो समयपश्चात् खुलेका विद्यालयहरुमा विद्यार्थीको उपस्थिति पनि पातलिएको छ ।
चौक र घरमा आगो र हिटर बालेर न्यानोमा बस्ने बढेका छन् । बाक्लो हुस्सुका कारण दिउँसो बत्ति बालेर सवारीसाधन सडकमा ओहोर दोहोर गरेको देखिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ