News Category 2077/09/08
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी

दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विगतका कमिकमजोरीहरु सुधार गर्दै नयाँ नयाँ सेवा बिस्तार गर्न लागिपरेको छ ।
अस्पताल प्रशासनले बुधबार विगत ६ महिनाको सेवा र सुविधा सुधारका लागि भएका काम, भावी योजना तथा चुनौती बारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
विगतमा रेफरल सेन्टरको उपाधी पाएको यस अस्पतालले आफ्नो छबी सुधार गर्दै अहिले प्रभावकारी सुविधा तथा सेवा प्रदान गर्न थालेपछि बिरामीको विश्वास समेत जितेको छ ।
आयोजित पत्रकार सम्मेलनमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले विगत ६ महिनाको अवधीमा अस्पताल सुधारका लागि गरिएका कार्यहरु सार्वजनिक गरेका छन् ।
यसअवधीमा अस्पतालमा सिटि स्क्यान सेवाका लागि भवन मर्मत सम्भार र सिटि स्क्यान जडान गरि सेवा सूचारु गरिएको जनाइएको छ । त्यस्तै आइसियु सेवा एक महिनाभित्र संचालनमा ल्याउने गरि कार्य अन्तिम चरणमा पुगेको डा. झाले जानकारी दिए ।
यस्तै आधुनिक पोष्टमार्टम भवन (रेफ्रिजेरेटर क्याबिनेटसहित), कोभिड अस्पतालका लागि २५ वेडको एचडियु सेवाको काम, कंगारु मदर केयरका लागि आवश्यक व्यवस्थापन कार्य सुरु र तीन सय केभिएको ट्रान्सफरमर जडान गरिएको छ ।
यसबाहेक अस्पतालमा रिक्त जनशक्ति करार सेवामा विज्ञापनमार्फत पदपूर्ती गरिएको उनले बताए । अस्पतालले यसअघि सेवा दिन असमर्थ रहेका दर्जनौं जटिल प्रकृतीको शल्यक्रिया र बिरामीको उपचार गर्न सफल भएको छ ।
डा. झाले कोभिड १९ का लागि पिसिआर ल्याब स्थापनासँगै आवश्यक जनशक्ति करारमा भर्ना गरि सेवालाई बिस्तार गरिएको बताउँदै अस्पताल प्रवेश गर्ने सडक, कुरुवा घर निर्माणका साथै वर्षैदेखी अस्पतालमा काम नलाग्ने कवाडी अवस्थामा राखिएका सरसामान लिलामी गर्ने प्रक्रिया समेत अघि बढाइएको जानकारी पनि दिए । यतिमात्र नभएर अस्पतालले भावी दिनमा व्यवस्थित क्यान्टिन निर्माण, एटिएम जडान तथा बैंक बिलिङ काउन्टरको स्थापना, प्रहरी बिटलाई व्यवस्थित र अस्पताल मातहतमा रहेका सटरहरुको मर्मत गरि भाडामा लगाउने तथा सरसफाईलाई व्यवस्थित गर्न टेन्डर प्रक्रिया लगायतका कार्यक्रमहरु समेत अघि बढाइएको उनको भनाई छ ।
स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई व्यवहारमा सुधार ल्याउन र नागरिक मैत्री बनाउन आवश्यक तालिमको व्यवस्था समेत गर्न लागिएको जानकारी दिदै डा. झाले सबैको सकारात्मक सहयोगले सुधार सम्भव हुँदै गएको जिकिर गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ