News Category 2077/09/10
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला

दैनिक समाचारदाता
राजविराज, १० पुस ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रतिनिधिसभा विघटनको बिरोधमा शुक्रबार राजविराजमा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका छन् ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुसले राजविराज नगर परिक्रमा गर्दै नेता चौकमा पुगि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको हो ।
विघटित प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथी लगाइएको झुठा मुद्दा खारेजीको माग गरिएको छ ।
जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विद्यार्थी नेता शम्भु यादव, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर यादव, नवनित झा, दिनेश यादवलगायतले सभालाई सम्बोधन गर्दै गणतन्त्र र लोकतन्त्र बिरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिले षडयन्त्र गरेको आरोप लगाए ।
उनीहरुले जनताको रगतबाट स्थापित भएको अधिकार कुनै पनि हालतमा गुम्न नदिने र आन्दोलनबाटै अधिकार खोसेर लिने चेतावनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ