News Category 2077/09/11
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
राजविराज÷दुर्घटनामा मृत्यु भएका गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका सवारी चालक छोटेलाल यादवका परिवारलाई शनिबार अस्पतालको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
दुई साताअघि मंसिर २३ गते उनको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले दुई दिनको तलब कटाएर सहयोग स्वरुप संकलन गरेको २ लाख ६० हजार रुँपैया मृतककी पत्नी सुनितालाई उनको घरमै पुगेर मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले प्रदान गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै मेसु झाले मृतकका दुई छोराछोरीलाई १० कक्षासम्म पढाई खर्च आफ्नो तर्फबाट बेहोरिदिने घोषणा समेत गरेका छन् । यस्तै ६ वर्षका छोरा र ४ वर्षकी छोरी रहेको मृतक यादवकी धर्मपत्नी सुनितालाई उनको योग्यता अनुसारको अस्पतालमै जागिर मिलाईदिने समेत उनले प्रतिबद्धता जनाएका छन् ।
सो अवसरमा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, जसपाका केन्द्रिय सदस्य दिनेश कुमार यादव, अस्पतालकी डा. दिपा यादव, स्टोर प्रमुख कामेश्वर रोहिता तथा कर्मचारी र स्वास्थ्यकर्मीको उल्लेख्य उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ