News Category 2077/09/12
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
प्रतिनिधिसभा विघटनपछि नेकपामा दुई समूहमा विभाजन भएको छ । जसअन्तरगत दाहाल–नेपाल समुहले प्रदेश २ को ८ वटै जिल्लामा आइतबार अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
राजविराजमा आयोजित भेलामा दाहाल–नेपाल समुहका नेता कार्यकर्ताहरुले जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त भएको उपलब्धी र संबिधानको रक्षाका लागि सशक्त संघर्ष गर्न तयार रहेको बताएका छन् ।
नेकपा प्रदेश २ का सहइन्चार्ज तथा पुर्वमन्त्री महेन्द्र पासवानले बिदेशी डिजाईनमा प्रतिगामी शक्तिलाई स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने निर्णय गरेको आरोप लगाउँदै सरकारको असंबैधानिक निर्णय बिरुद्ध कठोर संघर्ष गर्न समेत रहेको बताएका छन् ।
जनभावना बिपरित र कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउने नियतबाट संसद बिघटन गर्ने कदम चालिएको भन्दै उनले प्रधानमन्त्री ओलीको कदम बिरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा पुर्वमन्त्री उमेश कुमार यादवले जनताले कम्युनिष्ट शक्तिलाई बिश्वास गरेर दुई तिहार बहुमत दिएपनि प्रधानमन्त्री ओलीले त्यसलाई दुरुपयोग गर्दै प्रतिगामी शक्तिका लागि प्रयोग गरेको आरोप लगाए ।
सत्ता स्वार्थका लागि अहिले कतिपय नेता कार्यकर्ताहरुले ओलीको असंबैधानिक कदमको समर्थनमा लागेको आरोप लगाउँदै बिगतमा इमान्दार कम्युनिष्ट नेता कार्यकर्ताहरुको राजनैतिक रुपमा हत्या गर्ने पृष्ठभुमि भएका पात्रहरु मात्रै अहिले ओली समुहमा लागेको जिकिर गरे ।
सो भेलामा नेकपाका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इञ्चार्ज रामप्रित पासवानले आफ्नो स्वार्थ र अहंकारका कारण प्रधानमन्त्री ओलीले संबिधान बिरोधी कार्य गरेको आरोप लगाउँदै सरकारको असंबैधानिक कदम बिरुद्ध आफुहरु प्रतिबद्धत भएर आन्दोलनमा जुटेको उल्लेख गरे ।
जनताको भावनासँग खेलवाड गर्ने अधिकार कसैसँग नभएको दाबी गर्दै प्रधानमन्त्रीको कदमले प्र्रतिगामी शक्तिलाई बल पुगेकोले यसका बिरुद्ध आन्दोलनमा होमिन सबैसँग आग्रह पनि गरे ।
नेकपा सप्तरीका अध्यक्ष अशोक कुमार मण्डल (अमर) को अध्यक्षतामा आयोजित भेलामा नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले जनताको बलमा प्राप्त भएको संघीयता, समाबेशीता र धर्मनिरीपेक्षता जस्ता उपलब्धीलाई समाप्त पार्न संबिधानमाथि सरकारबाट हमला भएको आरोप लगाए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सप्तरी इञ्चार्ज निरञ्जन झाद्वारा सञ्चालित भेलामा नेकपाकी नेतृ तथा प्रदेशसभा सदस्य रुवी कर्ण, नेकपाका प्रदेश समिति सदस्यहरु महेश कुमार यादव, असर्फी सदा, छेदी रजक बिमल, देवनाथ यादव, अरुण कुमार साह, सुभाषचन्द्र झा, नारायण आचार्य, राजविराज नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जयनारायण मण्डल, प्राध्यापक सुशिल कर्ण लगायतले संसद बिघटन गर्ने सरकारको कदम असंबैधानिक र अलोकतान्त्रिक भएकाले त्यस बिरुद्ध संघर्षको मैदानमा डटेर लाग्नुपर्ने बताए ।
प्रतिनिधिसभा बिघटन बिरुद्ध आन्दोलनरत नेकपाका दाहाल–नेपाल समुहले केन्द्रीय समितिको सर्कुलर अनुसार प्रदेश २ का सबै जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ