News Category 2077/09/12
सप्तरीका ४० जना सडक आश्रित मानवको उद्दार

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
सप्तरी जिल्लाका ४० जना सडक मानवको आइतबार उद्दार गरिएको छ । उद्दार गरिएका सडक आश्रित मानव मध्ये १४ वर्षदेखी ८० वर्षसम्मका जेष्ठ नागरिकहरु छन् ।
सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत मानव सेवा आश्रम हेटौंडाको टोलीले १२ महिला र २८ पुरुष गरि ४० जना सडक मानवको उद्दार गरेको हो ।
राजविराज नगरपालिका, रुपनी गाउँपालिका, इन्सेक प्रतिनिधि मनोहर पोखरेललगायतको सहयोगमा उद्दार गरिएका सहयोगापेक्ष्।ी सडक आश्रित मानवलाई आइतबारै संरक्षणका लागि बिरगंज र हरिवनस्थित मानवसेवा आश्रम पठाइएको सचिव सुमन बर्तोलाले बताए ।
सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत गत पुस ७ देखी मेचीबाट सुरु गरिएको अभियान महाकाली पुगेर माघ ७ गते सम्पन्न हुने जनाइएको छ ।
उद्दार गरिएका नागरिकहरुलाई केही बेर राजविराज नगरपालिकाको प्राङ्गणमा जम्मा गरि आश्रमका स्वयमसेवकहरुले सरसफाई र स्वास्थ्य परिक्षण गरेका थिए भने राजविराज नगरपालिकाले खानाको ब्यवस्था मिलाएको थियो ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले नगरपालिकालाई सडक मानव मुक्त बनाउन आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा नागरिक संजालका अध्यक्ष थानसिंह भंसाली, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, प्रमुख प्रशासकीय अधिकृत मदन थापा र जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डललगायतले सडकलाई मानवमुक्त बनाउन र सहयोगापेक्षीको उद्दार गरि संरक्षण गर्ने पवित्र उद्देश्यले अभियान चलाएवापत मानव सेवा आश्रमप्रति धन्यवाद व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ