News Category 2077/09/13
संसद विघटन बिरुद्ध काँग्रेसको सबै क्षेत्रमा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले प्रतिनिधीसभा विघटन बिरुद्ध सोमबार सप्तरीका सबै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेको छ ।
संसद विघटनको निर्णय असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै सो कदम फिर्ता लिन प्रदर्शनका क्रममा माग गरिएको छ ।

सदरमुकाम राजविराजमा राजरंगशालाबाट निस्केको जुलुस सर्वसत्तावादी ओली सरकार मुर्दावाद, संसद विघटनको असंबैधानिक कदम खारेज गर, जनता कोरोनाको मारमा नेकपा सरकार सत्ताको जितहारमा लगायतका नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो ।

नगरपरिक्रमा पश्चात् आयोजित बिरोधसभालाई क्षेत्रिय सभापति महानन्द यादव, काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, प्रदेशसभा सदस्य गिता यादव, राजविराज नगर सभापति शम्भुलाल देव लगायतले सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को असंबैधानिक कदम चालेर लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै सरकार बिरुद्ध अन्तिम लडाई लड्ने चेतावनी दिएका थिए ।

यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं. १ भारदहमा पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, पूर्वमन्त्री हेमराज तातेड तथा क्षेत्रिय सभापति बद्री महात्मानले सम्बोधन गरेका थिए । त्यस्तै क्षेत्र नं. ३ को रुपनीमा काँग्रेस जिल्ला सभापति दिनेश यादव, क्षेत्रिय सभापति रामप्रसाद मण्डल, प्रदेशसभा सदस्य समिमले सम्बोधन गरेका थिए भने क्षेत्र नं. ४ स्थित सुरुङ्गा नगरपालिकाको धातीमा विघठित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव, क्षेत्रिय सभापति किरण भगतलगायतले सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ