News Category 2077/09/14
ओली बिरुद्ध नेकपाको बृहत प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
संसद विघटनको बिरोधमा मंगलबार नेकपा दाहाल नेपाल समूहले देशव्यापी प्रदर्शन गरेको छ । सोही अन्तरगत सप्तरी सदरमुकाम राजविराजमा पनि बृहत प्रदर्शन गरिएको छ ।
पार्टी कार्यालय मदननगरबाट निस्केको बिरोध जुलुसका सहभागिहरुले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम फिर्ता लिन माग गर्दै सो नभए आन्दोलनबाटै सरकारको असंबैधानिक कदम फिर्ता लिन बाध्य पार्ने चेतवानी समेत दिएका छन् ।
चरणबद्ध सडक संघर्षको घोषणा गरेको दाहाल नेपाल समूहले सोमबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको थियो भने मंगलबार शक्ति प्रदर्शन सँगै बिरोध जुलुस निकालेको हो ।
सो जुलुस बजार परिक्रमा पश्चात् स्थानिय नेता चौकमा आयोजित बिरोध सभालाई जिल्ला अध्यक्ष अशोककुमार मण्डल, प्रदेश सहइन्चार्ज महेन्द्र पासवान, जिल्ला इन्चार्ज रामप्रित पासवान, प्रदेशसभा सदस्यद्वय गोबिन्द न्यौपाने, रुबी कर्ण, पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव लगायतले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भन्दै त्यस बिरुद्ध कानुनी र राजनीतिक लडाई सँगसँगै अघि बढाउने उद्घोष गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ