News Category 2077/09/14
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
राजावदीहरुले मंगलबार राजविराजमा गर्न लागेको बृहत प्रदर्शनलाई संयुक्त यूवा विद्यार्थी सप्तरीले बिथोलि दिएका छन् ।
राजासहितको हिन्दु राष्ट्र स्थापनाको माग गर्दै मंगलबार राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा प्रदर्शन गर्न भेला हुन नपाउँदै यूवा विद्यार्थीहरुले सो कार्यक्रम बिथोलेका हुन् ।
एक सातादेखी भइरहेको प्रदर्शनको तयारी र प्रचारप्रसारपछि राजविराजस्थित शिवमन्दिर परिसरमा बिहान ११ बजेतिर संगठनका अगुवा तथा कार्यकर्ताहरु झण्डा र ब्यानरसहित एकजुट हुन नपाउँदै कार्यक्रम बिथोलिएको छ ।
नेकपा (प्रचण्ड–माधव समूह) निकट राष्ट्रिय यूवा संघ नेपाल, काँग्रेस निकट नेवि संघ तथा जसपा निकट राष्ट्रिय विद्यार्थी संघमा आवद्ध यूवा विद्यार्थी नेता कार्यकर्ताले राजावादी पक्षधर सप्तरी समाज नामक संस्थाले निकाल्न लागेको प्रदर्शनलाई बिथोलेका छन् ।
संयुक्त विद्यार्थी सप्तरीमा आवद्ध राष्ट्रिय विद्यार्थी संघका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य निरन्जन झा, नेवि संघका जिल्ला अध्यक्ष घनानन्द यादव लगायतको नेतृत्वमा आएका यूवा विद्यार्थीले हस्तक्षेप गरि राजावादी चढेर आएका गाडीका साथै ल्याएको तुल र ब्यानर खोसेर आगो लगाइदिएका थिए । उक्त घटनापछि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन र राजाबिरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
राजावादीहरुले संविधान बिरोधी काम गरेका कारण आफूहरुले हस्तक्षेप गरेको संयुक्त यूवा विद्यार्थीमा आवद्ध विद्यार्थी नेताहरुले बताएका छन् । संविधानमा राजतन्त्रको व्यवस्था नरहेको र धर्म निरपेक्ष राष्ट्र रहेका कारण आफूहरुले कार्यक्रम बिथोलेको उनीहरुको भनाई छ ।
यता राजावादी र हिन्दु राष्ट्रपक्षधर सप्तरी समाजका सल्लाहकार बिनोद कुमार पाण्डेले हस्तक्षेपलाई दुर्भाग्यको संज्ञा दिँदै संविधानमा सबैले आ–आफ्नो विचार राख्न पाउने व्यवस्थाका बाबजुद निरंकुश शैलीमा आफूहरुको कार्यक्तम बिथोलिएको बताएका छन् ।
कार्यक्रम बिथोल्दा प्रहरी प्रशासन मुकदर्शक बनेको बताउँदै उनले केही दिनभित्रै पुनः तयारीका साथ कार्यक्रम गर्ने जानकारी समेत दिएका छन् ।
यसैबीच मंगलबारै सप्तरी समाजका अध्यक्ष राजेश दास र सल्लाहकार पाण्डेको अगुवाईमा एक समूहद्वारा जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा शान्तिपूर्ण कार्यक्रममा एकपक्षद्वारा गरिएको हस्तक्षेप र प्रहरी प्रशासनको मौनताप्रति खेद व्यक्त गर्दै केही दिनभित्रै जिल्लामा हुने शान्तिपूर्ण प्रदर्शन आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ