News Category 2077/09/15
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा, तीन लाख भन्दा बढी राजश्व असुली
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रले विद्युत चोरीमा संलग्नहरुबाट तीन लाख रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ ।
लकडाउनदेखी हालसम्मको अवधीमा विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही गरिएको छ भने उनीहरुबाट ३ लाख २ हजार ५ सय ४९ रुँपैया राजश्व असुली भएको बितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिएका छन् ।
विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता दिदै हुकिङ गरि विद्युत चोरी गरिरहेको अवस्थामा विद्युतीय सामाग्रि पनि ठूलो संख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँ गाउँमा पुगेर टिभि, फ्रिज, फ्यान, पानी तान्ने मोटर, तार, कटरलगायतका १ सय ४० थान विद्युतीय उपकरण समेत नियन्त्रणमा लिएको छ ।
यस्तै प्राधिकरणका इन्जिनियर बिमल प्रसाद साहले विद्युत चोरीमा संलग्नलाई न्यूनतम ३ हजारदेखी विद्युत खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताए ।
उनका अनुसार यस अवधीमा ५० लाख भन्दा बढी वक्यौता पनि उठाइएको छ । यता समयमै महसुल नबुझाउने १ सय ४० जना ग्राहकको लाइन यसअवधीमा काटिएकोमा १ सय २७ जनाबाट ५७ लाख २४ हजार ८ सय ५३ रुँपैया असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारि रहेको इन्जिनियर साहले जानकारी दिए ।
राजविराज बितरण केन्द्र अन्तरगत कुल ५१ हजार ९ सय ८७ ग्राहक छन् । विद्युत चोरीमा संलग्नहरुलाई धमाधम कारवाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत हुकिङ गरेर चोरी गर्नेको संख्या अहिले घट्दै गएको तर, पूर्ण नियन्त्रणमा भने हुननसकेको केन्द्रका प्रमुख यादवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ