News Category 2077/09/15
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा, तीन लाख भन्दा बढी राजश्व असुली

दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रले विद्युत चोरीमा संलग्नहरुबाट तीन लाख रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ ।
लकडाउनदेखी हालसम्मको अवधीमा विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही गरिएको छ भने उनीहरुबाट ३ लाख २ हजार ५ सय ४९ रुँपैया राजश्व असुली भएको बितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिएका छन् ।
विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता दिदै हुकिङ गरि विद्युत चोरी गरिरहेको अवस्थामा विद्युतीय सामाग्रि पनि ठूलो संख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँ गाउँमा पुगेर टिभि, फ्रिज, फ्यान, पानी तान्ने मोटर, तार, कटरलगायतका १ सय ४० थान विद्युतीय उपकरण समेत नियन्त्रणमा लिएको छ ।
यस्तै प्राधिकरणका इन्जिनियर बिमल प्रसाद साहले विद्युत चोरीमा संलग्नलाई न्यूनतम ३ हजारदेखी विद्युत खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताए ।
उनका अनुसार यस अवधीमा ५० लाख भन्दा बढी वक्यौता पनि उठाइएको छ । यता समयमै महसुल नबुझाउने १ सय ४० जना ग्राहकको लाइन यसअवधीमा काटिएकोमा १ सय २७ जनाबाट ५७ लाख २४ हजार ८ सय ५३ रुँपैया असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारि रहेको इन्जिनियर साहले जानकारी दिए ।
राजविराज बितरण केन्द्र अन्तरगत कुल ५१ हजार ९ सय ८७ ग्राहक छन् । विद्युत चोरीमा संलग्नहरुलाई धमाधम कारवाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत हुकिङ गरेर चोरी गर्नेको संख्या अहिले घट्दै गएको तर, पूर्ण नियन्त्रणमा भने हुननसकेको केन्द्रका प्रमुख यादवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ