News Category 2077/09/16
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग

दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
असहाय तथा विपन्नलाई बिहीबार एक गैरसरकारी संस्थाले इस्लामिक विकास बैंकको सहयोगमा राहत सामाग्रि बितरण गरेको छ ।
मुद्दि मोहरम स्मृती कल्याणकारी प्रतिष्ठानले साउदी अरबस्थित इस्लामिक विकास बैंकको सहयोगमा सो राहत बितरण गरेको हो ।
पहिलो चरणमा २ सय असहाय तथा विपन्नलाई २५ किलो चामल, १० किलो दाल, १० किलो आलु, ५ लिटर खाने तेल, ३ किलो प्याजका साथै सेनिटाइजर, माक्स र साबुन लगायतका सामाग्रि बितरण गरेको प्रतिष्ठानका उपाध्यक्ष इर्साद अन्सारीले जानकारी दिएका छन् ।
प्रतिष्ठानका उपाध्यक्ष अन्सारीले पहिलो चरणमा दुई सय जना असहाय र विपन्नलाई राहत बितरण गरिएको जनाउँदै एक हजार जनाको सूची तयार गरिसकेकाले बाँकी ८ सय गरिब, असहायलाई पनि केही दिनभित्रै राहत बितरण गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।
यता प्रतिष्ठानका अध्यक्ष हासिम अन्सारीले राहत बितरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि राजविराजमा एक सय बेडको अस्पताल निर्माणका लागि इस्लामिक बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार एक हजार जना कोरोना प्रभावित असहाय तथा विपन्नलाई राहत बितरण गरिरहेको बताए ।
यस्तै राहत पाएर घर फर्किदै गरेकी राजविराज ४ की सीता कार्कीले प्रतिष्ठानले गरेको कार्य मानविय दृष्टिकोणबाट महत्वपूर्ण रहेको भन्दै यसबाट आफू निकै खुशी र हर्षित भएको बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ