News Category 2077/09/18
सप्तरीमा हाल १३ जना संक्रमित, सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली

दैनिक समाचारदाता
राजविराज, १७ पुस ।
सप्तरीमा हाल १३ जना कोरोना संक्रमति रहेका छन् । ती सबै होम आइसोलेशनमा रहेका छन् ।
संक्रमितहरु आइसोलेशन केन्द्रमा बस्न नचाहेर उनीहरुकै इच्छा अनुसार स्वास्थ्य मापदण्ड अपनाउने शर्तमा होम आइसोलेशनमा बस्ने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्लामा कायम रहेका पाँच आइसोलेशन केन्द्र मध्ये हाल सबै खाली अवस्थामा रहेका छन् । यसअघि १८ वटा स्थानिय तह मध्ये सबैमा क्वारेन्टाइन र पाँच स्थानिय तहमा आइसोलेशन केन्द्र स्थापना गरिएको थियो ।
राजविराजस्थित साइकृष्णा मेडिकल कलेज, कंचनरुप, बोदेबरसाइन, खडग नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका आइसोलेशन केन्द्र संचालनमा रहे पनि ती सबै खाली अवस्थामा छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लामा संक्रमित नभएर आइसोलेशन केन्द्रहरु खाली नभएको बताउँदै संक्रमितहरु होम आइसोलेशनमै बस्न इच्छा व्यक्त गरेकाले उनीहरुलाई स्वास्थ्य मापदण्डको पालना गर्ने शर्तमा घरमै ब्यवस्थापन गरेको जानकारी दिएका छन् ।
जिल्लामा हालसम्म २१ हजार ९८ जनाको स्वाव परिक्षण गरिसकिएको जानकारी दिँदै प्रमुख यादवले ती मध्ये १ हजार ८ सय २९ जनामा संक्रमण पुष्टि भएको र बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको बताए । उनका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमित ४१ जनाको मृत्यु भएको छ ।
कोरोनाको जोखिम अहिले पनि रहँदा रहँदै संक्रमणबाट जोगिने उपाय तथा सावधानीमा लापरवाही देखिएकोप्रति चिन्ता व्यक्त गर्दै जिल्ला स्वास्थ्य प्रमुख यादवले आवश्यक सावधानी अपनाएर मात्र आ–आफ्ना गतिविधी संचालन गर्न सबैमा आग्रह समेत गरेका छन् ।
पछिल्लो चरणमा हाल दैनिक १५ देखी २० जनासम्मको स्वाव परिक्षण भइरहेको र ती मध्ये दैनिक १ देखी ३ जनासम्ममा संक्रमण पुष्टि हुने गरेको उनको भनाई छ । यता विद्यालयहरुमा बनाइएका क्वारेन्टाइन केन्द्र पठनपाठन सुरु भएपछि बन्द गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ