News Category 2077/09/18
चट्याङ लागेर मृत्यु भएका चारै जनाका परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान

राजविराज÷चट्याङ लागेर गत असार १५ गते एकै दिन मृत्यु भएका चारै जनाका परिवारजनलाई शनिबार प्रदेश २ सरकारले आर्थिक सहयोग प्रदान गरेको छ ।
प्रदेश २ सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजस्थित आफ्नै सम्पर्क कार्यालयमा एक कार्यक्रमबीच मृतक चारै जनाका परिवारजनलाई राहत स्वरुप एक÷एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
चट्याङ लागेर गत असार १५ गते एकै दिन सप्तरीको महदेवा गाउँपालिकाका नकछेदी ठाकुर, बेचन यादव, राजगढ गाउँपालिकाका केसीलाल साह र डाक्नेश्वरी नगरपालिकाकी ललिता देवी यादवको मृत्यु भएको थियो ।
मन्त्री साहले नकछेदीकी पत्नी बिणा, बेचनकी पत्नी रुबी, केसीलालकी पत्नी शिवकुमारी र ललितादेखीका छोरा बिषणप्रसादलाई सो आर्थिक राहत प्रदान गरे ।
चट्याङ जस्तो प्रकोपमा परेर मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारका तर्फबाट जिविकोपार्जन स्वरुप सानै रकम भएपनि सहयोग गरेको बताए ।
यता मृतकका परिवारजनले प्रदेश सरकारबाट उपलब्ध गराइएको सहयोग रकमबाट आफूहरुको जिवनयापनमा सहज हुने भन्दै खुशी व्यक्त गरेका छन् ।
यस्तै सोही अवसरमा मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै सरकारी विद्यालयलाई एक÷एक थान थर्मलगन समेत उपलब्ध गराएका छन् ।
कोरोनाको जोखीम कायमै रहेकाले विद्यालयमा आउने बालबालिकालाई स्वास्थ्य जाँचमा सहयोग पुगोस भन्ने सोचका साथ सानो सहयोग स्वरुप एक एक थान थर्मलगन बितरण समेत गरिएको मन्त्री साहले बताए ।
मृतकका परिवारलाई रकम तथा विद्यालयलाई थर्मलगन बितरणका अवसरमा प्रदेशसभा सदस्यद्वय नेत्रविक्रम साह र विदेश्वर यादव बिक्की समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ