News Category 2077/09/22
सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिकास्थित रुपनी चौकमा बुधबार दिउँसो सेना चढेको गाडीले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको सेना सवार बा.१ग. १९८१ नम्बरको वानटन गाडीले स.५प. ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णासवरण गउँपालिका २ निवासी ६५ वर्षिय रामचन्द्र प्रसाद चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका चौधरीलाई तत्कालै उद्दार गरि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता भुवनेश्वर साहले जानकारी दिएका छन् ।
यता ठक्कर दिने गाडी र चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १७ निवासी मनिसराज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी साहले बताए ।
सूर्य दलगण बिराटनगरबाट भैरवादल गण ललितपुरका लागि ३२ जना सेनाको टोली लिएर जाँदै गर्दा सो गाडी दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ