News Category 2077/09/27
दुई पत्रकार सम्मानित

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्थापित ‘लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार’ बाट यस वर्ष सञ्चारकर्मी धर्मपाल राउत सम्मानित भएका छन् भने वातावरणीय पुरस्कार भुपदेव मालीलाई प्रदान गरिएको छ ।
लोकेन्द्र स्मृति दिवसको अवसरमा महासंघले आइतबार आयोजना गरेको पुरस्कार वितरण समारोहमा २७ औं लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार राउतलाई प्रदान गरिएको हो ।
सोही कार्यक्रममा पत्रकार उमा सिंहको स्मृती एवं सम्मानमा आजको वातावरण दैनिकद्वारा स्थापना गरिएको वातावरणीय पुरस्कार मालीलाई प्रदान गरिएको छ ।
पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले पत्रकार राउतलाई तथा आजको वातावरण दैनिकका सम्पादक बैजनाथ झाले पत्रकार मालीलाई नगद तथा कदरपत्रबाट सम्मानित गरे ।
महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षता तथा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाको प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरण समारोहमा वरिष्ट पत्रकार शिवहरि भट्टराई, उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, निजामति कर्मचारीको आधिकारी ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा, उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका पूर्वसभापति धिरेन्द्र साह, प्रकाश खतिवडा, विष्णु मण्डल, प्रदेश सचिव रामनारायण विश्वास, आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीकी अध्यक्ष प्रियासिंह थारुलगायतले शुभकामना दिएका थिए ।
सोही कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषमा ११ हजार रुँपैया सहयोग प्रदान गरेका छन् ।
राजविराजबाट प्रकाशित नवीन साप्ताहिकको सहसम्पादकको रुपमा कार्यरत स्व. लोकेन्द्र बुढाथोकीको बि.स. २०५१ सालमा राजविराजस्थित डेरामा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । उनी सल्यान जिल्लामा जन्मिए पनि राजविराजस्थित बालकल्याण गृहमा हुर्केका थिए । उनी सप्तरी जिल्लालाई कर्मथलो बनाएर शाहसिक रुपमा पत्रकारिता गर्दै थिए । हालसम्म उनको मृत्यु बारेको अनुसन्धान गर्भमै रहेको छ ।
अनुसन्धानात्मक समाचारका साथै विकृति एवं बेथिति विरुद्ध निर्भिकताकासाथ कलम चलाएर पु¥याएको योगदान वापत लाकेन्द्रकै स्मृती एवं सम्मानमा महासंघले पुरस्कारको स्थापना गरि प्रत्येक वर्ष एक जना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ