News Category 2077/09/27
राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
राजावादी तथा हिन्दु राष्ट्र समर्थकहरुले पृथ्वी जयन्तिको अवसर पारेर सोमबार राजविराजमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।
२०४७ को संविधान, हाम्रो अभियान नामक संगठनले स्थानिय शिव मन्दिरमा आमसभाको आयोजना गरेको छ । सो कार्यक्रममा स्व. पृथ्वी नारायण शाहको योगदान बारे चर्चा गर्दै हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापनाको माग गरिएको छ ।

उक्त संगठनका अध्यक्ष किशोरी महतोले मुलुकको अवस्था अत्यन्त गम्भिर रहेको भन्दै निकासका लागि राजतन्त्र पुर्नस्थापना र हिन्दु राष्ट्र कायम गर्नु आवश्यक रहेको बताए । स्थानिय राजरंगशालाबाट निस्केको जुलुसमा गाउँगाउँबाट ठूलो संख्यामा सहभागिहरु आएका थिए ।
त्यस्तै सोमबारै नरसिंह हिन्दु सेना नेपाल सप्तरीले स्व. पृथ्वी नारायण शाहको मूर्ती र बाजागाजासहित राजविराज नगर परिक्रमा गरेको छ ।
यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय निर्माता पृथ्वी नारायण शाह, हिन्दु राष्ट्र तथा राजतन्त्रको पक्षमा नारा लगाउँदै मोटरसाइकल ¥याली निकालेका थिए ।
गत पुस १४ गते राजविराजमा राजापक्षधर मानिएका सप्तरी समाज नामक संगठनले प्रदर्शनको आयोजना गर्न लाग्दा स्थानिय संयुक्त विद्यार्थी संगठनले उनीहरुको ब्यानरमा आगो लगाई कार्यक्रम बिथोलिदिएकोमा सोमबार भने कसैले पनि अवरुद्ध पु¥याएनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ