News Category 2077/10/01
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा योग दिवसमा योगाभ्यास तथा प्रवचन
जिवछ दास
राजविराज, १ माघ ।
छैठौं राष्ट्रिय योग दिवस राजविराजमा पनि मनाइएको छ । जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र राजविराजले कार्यालय परिसरमा योगाभ्यास तथा प्रवचन लगायतका कार्यक्रम गरि योग दिवस मनाएको हो ।
“योग गरौं डटेर, कोरोना जान्छ हटेर” मुल नाराका साथ सुरु भएको कार्यक्रममा सुरक्षा निकाय, स्वास्थ्य संस्था, नागरिक समाज, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र लगायत विभिन्न संघ संस्थामा आवद्धहरुको सहभागिता रहेको थियो ।
आयूर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवले कार्यक्रममा सहभागिहरुलाई योगको प्रशिक्षण दिनुका साथै यसको महत्व बारे जानकारी गराएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकराी शंकरहरि आचार्यले योगको प्रभाव जनस्तरमा बढाउन यस्ता कार्यक्रमले ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
योगले मनुष्यको तन र मन दुबै स्वास्थ्यका लागि विशेष महत्व राख्ने भएकाले केन्द्र परिसरमा विगत एकसाता देखी निशुल्क योग शिविर समेत संचालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ