News Category 2077/10/01
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी

दैनिक समाचारदाता
राजविराज, १ माघ ।
विगत चार दिनदेखी बढेको चिसोका कारण सप्तरीको जनजिवन कष्टर बनेको छ । बिहानैदेखी वाक्लो हुस्सु र चिसो हावा चल्दा अत्याधिक चिसो बढेको हो ।
चार दिनअघि सम्म बिहान र बेलुका चिसो भएपनि दिउँसो घाम लाग्ने गरेकोमा चार दिनयता घाम लाग्न छाडेपछि अत्याधिक चिसोले जनजिवन कष्टकर बनेको छ ।
चिसोका कारण यातायतका साधनहरुमा यात्रुहरुको कमी भएको छ भने राजमार्गमा समेत यातायातका साधनहरु कम मात्रामा गुड्ने गरेको छ ।
यता चिसोले जनजिवन कष्टकर बन्दै गएपछि २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सहयोगमा बिहीबार नगरको विभिन्न ८ वटा सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
तालिम केन्द्रका डिएसपी खगेन्द्र खड्काका अनुसार सर्वसाधारणलाई न्यानो पु¥याउने उद्देश्यले राजविराजको रुपनी मोड, मलेठको नहर चौक, पुलचौक, गजेन्द्र चौक लगायतका स्थानहरुमा दाउरा बालेर प्रहरीले सामाजिक उत्तरदायित्व निर्वाह गरेको जानकारी दिएका छन् ।
मौसमलाई मध्यनजर गर्दै आगामी दिनमा पनि तालिम केन्द्रले नगरमा मात्र नभएर ग्रामिण भेगमा समेत दाउरा बाल्ने व्यवस्था मिलाउने डिएसपी खड्काले जानकारी दिए ।
यस्तै चिसोले बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । बिहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट अत्यावश्यक काम भए मात्र मानिस बाहिर निस्कने गरेका छन् ।
चिसो बढेसँगै न्यानो सिरक र न्यानो लुगाको कारोबार पनि ह््वातै बढेको सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।
यस्तै चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप बढेको अस्पतालका प्रमुख डा. रन्जित झाले बताए ।
यसैगरि शितलहरले गहुँ, टमाटर, आलु प्याज, लहसुन लगायतका तरकारी बालीमा पनि प्रत्यक्ष असर पारेको कृषक सत्यनारायण यादवले बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ निवासी यादवले केही दिनयता निरन्तरको सितलहरले खेतमा लगाइएको आलु, टमाटर, प्याज, लहसुन र गहुँ खेतीलाई क्षति पु¥याएका बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ