News Category 2077/10/02
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
विगत पाँच दिनदेखी बढेको चिसोका कारण सप्तरीको जनजिवन कष्टर बन्दै गएको छ । बिहानैदेखी वाक्लो हुस्सु र चिसो हावा चल्दा अत्याधिक चिसो बढेको हो ।
यता बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ ।
चिसोबाट बढी प्रभावित हुने गरिब असहाय तथा विपन्न परिवारलाई लक्षित गरि डिभिजन वन कार्यालय सप्तरीले दाउरा बितरण सुरु गरेको छ ।
नगर क्षेत्रका साथै ग्रामिण क्षेत्रका चौक, सार्वजनिक स्थानमा आवागमन गर्ने बटुवा तथा विपन्न बस्तिमा बसोवास गर्ने मानिसहरुलाई लक्षित गरि दाउरा बितरण सुरु गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले जानकारी दिएका छन् ।
यसैगरि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाले पनि वन कार्यालयको समन्वयमा दाउरा खरीद गरि चिसोले बढी प्रभावित बस्तिमा गएर दाउरा बालेर आगो ताप्ने ब्यवस्था मिलाउन लागेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष सतिश सिंहले गाउँपालिकाका सबै ८ वटै वडाका आवश्यक देखिएका स्थानमा बितरण सुरु गरिने जानकारी दिए ।
आर्थिक अवस्था अत्यन्त दयनिय रहेकाहरुले खान लाउन समेत धौं धौं परिरहेको अवस्थामा उनीहरु आफैले दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाउन सक्ने स्थिति नरहेकाले गाउँपालिकाले दाउराको जोहो गरेर उनीहरुलाई न्यानो बाड्न खोजेको उनले बताए ।
चिसोले बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । बिहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट अत्यावश्यक काम भए मात्र मानिस बाहिर निस्कने गरेका छन् ।
चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप बढेको अस्पतालका प्रमुख डा. रन्जित झाले बताए ।
यसअघि बिहीबार चिसोले जनजिवन कष्टकर बन्दै गएपछि २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सहयोगमा बिहीबार नगरको विभिन्न ८ वटा सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको थियो ।
यसैबीच सितलहरसँगै अत्याधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकास्थित सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ ।
नगरपालिकाको बोर्ड बैठकले माघ १ देखी माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
अत्याधिक चिसोबाट बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् । उक्त नगरपालिका भित्र ११ सरकारी र १२ वटा निजि विद्यालय छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ