News Category 2077/10/04
रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एकको मृत्यु, दुई गम्भिर
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका खण्डमा रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् ।
रोकिराखेको स.१त.२५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.१ज. २४५२ नम्बरको सुमो ठोकिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा सुमो सवार झापाको शिवसतासी नगरपालिका ११ डुरामनी बस्ने २५ वर्षिय रमेश लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई गम्भिर अवस्थामा उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
यस्तै दुर्घटनामा गम्भिर घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका ३ बस्ने ३४ वर्षिय टेक बहादुर दर्जि र झापा जिल्ला गौरादह नगरपालिका ४ निवासी ३६ वर्षिय जितबहादुर श्रेष्ठको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
यता ट्याक्टर, चालक तथा सुमो गाडी नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ